काठमाडौं । पछिल्लो समयकी चर्चित गायिका जेरुसा राई एक नोट छोडेर बेपत्ता भएकी छिन् । परिवारका अनुसार बिहीबार साँझ ७ बजेदेखि उनी सम्पर्कविहीन भएकी हुन् ।

परिवारले जिल्ला प्रहरी परिसर, ललितपुरमा खोजतलासका लागि निवेदन पनि दिएको छ । हालसम्म उनलाई फेला पार्न नसकिएको ललितपुर प्रहरीका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिनुभयो ।

पछिल्लो पटक उनलाई सुन्दरीघाट नजिक देखिएको थियो । सोही कुरालाई आधार बनाएर प्रहरीले खोजतलास अगाडि बढाएको छ । ३० वर्षीया गायिका राई आमासहित सानेपामा बस्थिन् ।

उनको कोठामा ‘सुसाइड नोट’ पनि फेला परेको प्रहरी बताउँछ । राई युट्युबमार्फत गीत सार्वजनिक गरेर चर्चामा आएकी थिइन् । उनको ‘बारुद’ बोलको गीत युवा पुस्तामाँझ लोकप्रिय छ । लामो समय बेलायत बसेर नेपाल फर्केकी उनले नेपाली र अंग्रेजीका कभर गीतहरु पनि गाउने गर्थिन् ।

सम्बन्धित खबरहरु