काठमाडौं । पछिल्लो समय समाजमा अनेक घटनाहरु भइरहेका छन् । जहाँ श्रीमानले श्रीमती र श्रीमतीले श्रीमान छोडेका निकै सुन्न तथा देख्ने गरिन्छ । यस्ता घटनाहरुले गर्दा सोही परिवारमा समस्या त पर्छ नै अन्य परिवारमा समेत असर परेको हुन्छ ।

स्याङजा पुतली बजार नगरपालिका वडा नं. १७ की देविनाका श्रीमानले आफ्नी श्रीमती सहित ३ जना साना–साना बच्चा छोडेर फरार भएका छन् ।
१४ वर्षको कलिलै उमेरमा विवाह गरेका श्रीमान राजकुमार नेपालीले अहिले ३० वर्षको उमेर पुग्दा वास्ता गर्न छोडेपछि श्रीमती रुदै मिडियामा आएकी छिन् ।

देविनाका अनुसार घर नजिकै रहेकी अर्कै केटीसँग श्रीमान लागेका छन् । त्यसपछि उनले श्रीमतीसहित ३ जना बच्चा जंगलमा लगेर छोडेका छन् । अहिले गुरुङ दाइले मलाई बस्न कोठा दिएर बसेकी छु, घर पनि छैन् । माइत जाने स्थिती पनि छैन, जताततै ऋण छ । घाम पानी नभनी छोराछोरीका लागि अरुको भारी बोकेर पालेकी छु, उनी बताउछिन् ।

भारत गएका राजकुमारले अर्कै श्रीमानले छोडेकी महिलालाई कमाएको पैसा पठाउने गर्दा रहेछन् । ट्याक्टर समेत रहेको राजकुमारको सो गाडि बेचेर अकैकी श्रीमतीसँगपछि लागेको देविना बताउँछिन् । घरमा पैसा नपठाउँदा आफूले धेरै दुख भोग्नु परेको उनी बताउँछिन् ।

तीन वटा छोराछोरी भएकी अर्कैले छोडेकी महिला लिएर सम्पर्क बिहिन भएका राजकुमारका अनेक हेर्न नसकिने फोटा नविनासँग भएता पनि बाहिर कसैलाई नदेखाएकोले राजकुमारलाई घर फर्किन आग्रह गरेकी छन् । उनले उक्त युवतीसँग खिचेका अश्लिल तस्वीर नविनासँग छन् ।

तरपनि उनी आफ्ना श्रीमानको इज्जतको रक्षा गर्न चाहान्छिन् । त्यो अर्की युवती छोडेर आफू र बच्चाहरुसँग आएर बस्न उनले अपिल गरेकी छिन् ।

सम्बन्धित खबरहरु