काठमाडौं । घरबाट नै श्रीमती गायब भएको १३ दिनसम्म पनि घर नफर्किए पश्चात पौडेल परिवारमा ठूलो चिन्ता थपिएको छ । श्रीमती खोज्दै हिडेका निश्चल पौडेल अहिलेसम्म पनि केही अत्तोपत्तो नलागे पछि अन्ततः मिडियामा आउन बाध्य भएका छन् ।

कामको शिलसिलामा बाहिर बस्दै आएका निश्चल एकाएक श्रीमती हराएपछि घर फर्किन बाध्य भए । प्रहरीमा उजुरी दिएतापनि नभेटिएका कारण अहिले आफै खोज्न लागि परेको निश्चल बताउँछन् ।

१३ दिन अगाडि घरमा ज्वरो आयो अस्पताल जान्छु र अस्पताल जाँदा दाईको छोरा र आफ्नै छोरीलाई स्कुल पुर्याइदिन्छु भनेकी सुशिला पौडेलको अहिलेसम्म कुनै पत्ता लागेको छैन ।

धरान पिण्डेश्वर मन्दिरका पुजारी समेत रहेका निश्चलका बुबाका अनुसार जानु भन्दा अगाडि केही नभनी गएकी थिइन् । सुशिला निकै मिलनसार र मिहेनती थिइन । घरमा कहिले काही छोराहरु नहुँदा घर समालेर बसेकी पनि थिइन् । पाँच दिन देखि बिरामी भएर धरानमा बस्दै आएका थिए निश्चल । कहिले काही सासुससुरा र बुहारीको सानो भनाभन परेता पनि फरार हुने दिन केही नभएको निश्चलका बाबु बताउँछन् ।

प्रहरीमा उजुरी दिएपछि प्रहरी प्रशासनले गरेको अनुशन्धानमा एउटा नम्बरमा १८ सय पटक फोनमा कुराकानी भएको र अर्कोमा ४ सय पटक फोन भएको पत्ता लगाएको छ । उक्त नम्बरमा फोन गर्दा एउटा भजन गाउँन हिड्ने घर नजिकका दाई कै नम्बर भएको र अर्का ४ सय पटक फोन वाल प्रहरीले खोजी गरिरहेको निश्चल बताउँछन् ।

पेसाले ड्राइभर काम गर्ने निश्चलका अनुसार उनी र श्रीमतीबीच कहिल्यै झगडा भएको छैन । उनका अनुसार धेरै खोजे भेट्टाएन अब म कहाँ जाउँ खोज्न भन्दै निश्चल भौतारिएका छन् । सम्पर्कमा आउँन श्रीमती सुशिलालाई उनी आग्रह गर्दछन् ।

सम्बन्धित खबरहरु