काठमाडौं । नेपालमा अपराधहरु फिल्मी शैलीमा भइरहेका छन् । इलाम जिल्ला र झापा जिल्लाको सिमानामा एल.बी. गुरुङ माथी यस्तै सोच्नै नसक्ने घटना भयो । १०–११ जनाको समूहले खुकुरी प्रहार गरेर दिन दहाडै हत्या गरेका छन् । निर्घात रुपमा १० जनाको समूहले खुकुरी प्रहार गरेर मृत्यु गरेको प्रत्यक्ष देख्ने स्थानीय बताउँछन् ।

हत्याराका भाईलाइ एल.बी. गुरुङको समूहले हातपात तथा निर्घात कुटपिट गरे पश्चात एल.बी गुरुङ उक्त घटनालाई मिलाउन गएपछि केही भनाभन भएको र फर्कने क्रममा झलुङ्गे पुल नजिकै १०–११ जनाको समूहले धारिलो खुकुरी प्रहार गरी हत्या गरेका थिए ।

मृतक एल.बी. लाई प्रहरी आएर अस्पतालमा लिएर जाँदा मृत्यु भएको थियो । हत्या गरेर फरार हुने ती युवाहरुलाई स्थानीयले नचिनेका कारण पत्ता लगाउन गाह्रो भएको उनीहरु बताउँछन् ।

स्थानीयका अनुसार पुरानै दुश्मनी भएको हुनसक्ने आशंका गरिएको छ । घटना भएको शैली हेर्दा पुराने दुश्मनी हुन सक्ने अनुमान लगाउन सकिने प्रत्यक्षदर्शी बताउँछन् ।

उनीहरुका अनुसार घटनामा आएका ती १०–११ जना युवाहरुले ढुङ्गा मुढाले लखेटेर पुलमा चढाएर खुकुरी प्रहार गरेका थिए । घटनाको छानबिन प्रक्रिया चलिरहको हुँदा अन्य तथ्यहरु आउँन बाँकी नै रहेको छ ।

सम्बन्धित खबरहरु