काठमाडौं । एकजना सांसदले काम देखाउँन हातले नै शौचालय सफा गरेका छन् । यो घटना नेपालको भने होईन् । भारत, मध्य प्रदेशको एक विद्यालय पुगेका सांसदले हातले शौचालय सफा गरेका हुन् ।

रेवाबाट भारतीय जनता पार्टी (भाजपा) सांसद जनार्दन मिश्रा हातले शौचालय सफा गरेका कारण चर्चामा छन् । बिहीबार उनी रेवाको खटकरीमा रहेको बालिका विद्यालयमा पुगेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनका अवसरमा उनी सो विद्यालयमा पुगेका थिए । विद्यालयद्धारा वृक्षारोपणको कार्यक्रम आयोजना गरिएको थियो । त्यसबीच सांसद जनार्दन मिश्रले विद्यालयको निरीक्षण पनि गरेका हुन् । जब उनी शौचालय गएँ, त्यहाँ धेरै फोहोर थियो ।

त्यसपछि सांसद आफै सरसफाईमा जुटेका थिए । सांसदले शौचालय सफा गर्न ब्रश र पञ्जासमेत प्रयोग गरेनन् । सांसदले हातले शौचालयको सिट सफा गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल हुँदैछ ।

सांसदले यो काम गरिरहँदा विद्यालयमा पिउन (चपरासी) पनि उपस्थित थिए । शौचालय सफा गरेपछि जनार्दन मिश्राले प्रधानमन्त्री मोदी, भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, राज्यका मुख्यमन्त्री शिवराज सिंह चौहानसहितलाई ट्याग गर्दै भिडियो ट्वीट गरेका छन् ।

उनी प्रधानमन्त्री मोदीका ठूला समर्थक हुन् । सरपञ्च हुँदै सांसद बनेका मिश्रले यसअघि पनि ६ पटक शौचालय सरसफाइ गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरिसकेका छन् ।

त्यसमा पनि उनले प्रधानमन्त्री मोदीलाई ट्याग गरेका थिए । उनले कयौं पटक फोहोर उठाउनेदेखि टेबुल सरसफाइ गरेको भिडियो बनाउने गरेका छन् । फेब्रुअरी २०१८ सांसद जनार्दन मिश्र संसदीय क्षेत्रमा जनसम्पर्क गर्न बाहिरिएका थिए । त्यस क्रममा उनले जनसम्पर्क अन्तर्गत ग्राम पञ्चायत हिनौटा पुगेर प्राथमिक विद्यालयको निरीक्षण गरे ।

निरीक्षणको क्रममा, शौचालय सिट सफा गरेका थिए । त्यसअघि पनि जनार्दन मिश्रले सरसफाई अभियानअन्तर्गत सडक सफाइ गरेको भिडियो बनाए । तर उनले शौचालयको सिट हातले सफा गरेको यो पहिलो पटक हो । धेरैले काम देखाउँन उत्तेजनामा आएको टिप्पणी गरेका छन् ।

शौचालय सफा गर्न सकिन्छ । ब्रस नभए स्थानीय कपडा र डण्डीबाटपनि बनाउँन सकिन्छ । यसले बालबच्चामा गलत सन्देश जाने धेरैको बुझाई छ । मे २०२१ मा उनी रेवा जिल्लाको मौगञ्ज जिल्लाको ग्राम पञ्चायत सेमरिया कुञ्ज बिहारी क्वारेन्टाइन केन्द्रमा पुगेका थिए ।

क्वारेन्टाइनको शौचालय एकदमै फोहोर देखेपछि उनले सांसदले सफा गर्ने निर्णय गरे । ब्रुम भेटिएन्, बाहिरबाट रुखका सुक्खा काठका टुक्राहरू मगाए, हातमा सर्जिकल पन्जा लगाएर शौचालय सफा गरेंका थिए । भाजपा सांसद जनार्दन मिश्र आफ्नो विवादित बयानका कारण चर्चामा रहन्छन् ।

उनले २०२१ नोभेम्बरमा रेवामा कलेक्टरको कलर समात्ने, थप्पड हान्ने, अधिकारीलाई कुर्सीबाट निकालनेजस्ता कार्य गरिसकेका छन् । रेवाका सांसद जनार्दन मिश्राले प्रधानमन्त्री मोदीको दाह्रीलाई लिएर पनि टिप्पणी गरेका छन् ।

उनले प्रधानमन्त्री आवास योजनाको कार्यक्रममा जबसम्म यो देशमा सबैले पीएम हाउस पाउँदैनन् तबसम्म मोदीको दाह्रीबाट पीएम हाउस झरिरहन्छ भनेका थिए । मोदीले एकपटक दाह्री फाले ५० लाख घर निस्कने उनको तर्क थियो ।

https://twitter.com/Janardan_BJP/status/1572955219750699011?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1572955219750699011%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=about%3Asrcdoc

 

सम्बन्धित खबरहरु