काठमाडौं । साउदी अरेबियाले भर्खरै मदिना सहरमा सुन र तामाको ठूलो भण्डार भेटिएको घोषणा गरेको छ । साउदी अरबले बिहीबार मदिनामा सुन र तामाको अयस्क (प्राकृतिक चट्टान वा तलछट हो, जसमा एक वा बढी मूल्यवान खनिजहरू हुन्छन्, सामान्यतया धातुहरू समावेश हुन्छन्, जसलाई उत्खनन, प्रशोधन र लाभमा बेच्न सकिन्छ ।)

स्थल फेला परेको छ । साउदी जियोलोजिकल सर्भेले सामाजिक सञ्जाल पोस्टमा मदिना क्षेत्रको आबा अल–राहाको सीमामा सुनको अयस्क फेला परेको बताएको हो । साउदी अरेबियाको भूगर्भ सर्वेक्षणले मदिना सहरको आबा अल राहा क्षेत्रमा माटोमा गाडिएको सुन फेला परेको बताएको छ ।

अल मदिक र वादी अल फरा क्षेत्रका चार स्थानमा तामाको भण्डार भेटिएको हो । अल अरेबियाको रिपोर्टका अनुसार यो भण्डार पत्ता लागेपछि देशमा लगानी बढ्ने अपेक्षा गरिएको छ, जुन देशको विकासमा प्रयोग गरिने छ ।

यो आविष्कारपछि मुलुकमा ५३ लाख डलरको लगानी आउनुका साथै ४ हजारभन्दा बढी नयाँ रोजगारीको अवसर प्राप्त हुने अधिकारीहरुको विश्वास छ ।

साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सलमानको २०३० भिजनमा तेल र ग्यासको अतिरिक्त खानीमा साउदीले जोड दिइरहेको छ । राजकुमारले अनुसन्धान र विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउँदै आएका छन् ।

https://twitter.com/SgsOrgSa/status/1570347301520150529

 

सम्बन्धित खबरहरु