
नोमपेन्ह । कम्बोडियाको तटीय क्षेत्रमा एउटा डुङ्गा पल्टिँदा २० भन्दा बढी चिनियाँ नागरिक बेपत्ता भएका एक अधिकारीले शुक्रबार जानकारी दिएका छन् ।
४१ जना चिनियाँ नागरिक बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा समस्यामा परेको प्रान्तीय प्रवक्ता खेआङ फेरोमले एएफपी समाचार समितिलाई बताउनु भएको छ । त्यस डुङ्गामा सवार १८ जनालाई मात्रै उद्धार गरिएको जनाइएको छ ।

आप्रवासी चढेको डुङ्गा डुब्दा सिरियामा चौँतीसको मृत्यु लेबनानबाट आप्रवासीहरु ल्याई आएको एक डुङ्गा सिरियाली क्षेत्रको समुद्रमा डुब्दा त्यसमा रहेका कम्तीमा पनि ३४ जना आप्रवासीको ज्यान गएको छ । ज्यान जानेमा आप्रबासीहरु नै परेका सिरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
लेबनानबाट आएको सो डुङ्गा बिहीबार सिरियाली क्षेत्रको समुद्रमा पुग्दा डुबेको र त्यसमा परेर अरु केही हराइरहेका सिरियाली स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
डुबेको डुङ्गाबाट करिब २० जनालाई उद्धार गरिएको सिरियाली स्वास्थ्यमन्त्रालयले जानकारी दिएको छ । उद्धार गरिएका उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले लिएको जानकारीअनुसार सिरियाबाट करिब एक सय २० देखि एक सय ५० जना जति आप्रबासी लिएर सो डुङ्गा साइप्रसका लागि हिँडेको बताएको छ ।
डुङ्गामा क्षमता भन्दा धेरै मानिसहरु चढेका कारण डुबेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । तर उक्त डुङ्गा कहाँ जान लागेको हो भन्ने बारेमा थाहा नभएको उद्धार गरिएका व्यक्तिहरुले जनाएका छन् । सो डुङ्गामा लेबनान, सिरिया र अरु अज्ञात नागरिकहरु पनि रहेका बताइएको छ ।
त्यस डुङ्गामा परेर हराइरहेकाहरुको खोजी कार्य जारी रहेको छ । खोजीका लागि हेलिकोप्टर र यहाँका स्थानीय मछुवाहरुलाई प्रयोग गरिएको पनि समाचारमा जनाइएको छ । (रासस/सिन्ह्वा/एएफपी)
आप्रवासी डुङ्गा दुर्घटनाः त्रिपन्न जनाको मृत्यु सिरियाको तटमा डुङ्गा डुब्दा ५३ जना आप्रवासीको मृत्यु भएको छ । करिब २० जनालाई उद्धार गरिएको लेबनानका यातायात मन्त्रीले जानकारी दिनुभएको छ । सिरियाली सहर टार्टसको तटीय क्षेत्रमा बिहीबार भूमध्यसागरमा डुबेको सानो डुङ्गामा १०० भन्दा बढी व्यक्ति सवार रहेका थिए । सवार यात्रुहरु अधिकांश लेबनानी र सिरियालीहरु रहेका थिए । दर्जनौं अझै बेपत्ता रहेका बताइएको छ ।