बारा । सिम्रौनगढ नगरपालिका-५ कनकपुरबाट नेपाली नक्कली नोट १ हजार दरको ८१ थान र ५ सय दरको ३ थान सहित सोही ठाउँ बस्ने ४२ वर्षीय जगदेव महतोलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महतोलाई आफ्नै घरभित्र लुकाई छिपाई राखेको उक्त नक्कली नोट सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तास खेलिरहेको अवस्थामा १३ जना पक्राउ
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-४ नख्खुस्थित बिएण्डबि रेष्टुरेन्ट एण्ड सेकुवा कर्नरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय गोपिलाल सुनार लगायत ५ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त सेकुवा कर्नरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २५ हजार ५ सय २५ रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

भक्तपुर, भक्तपुर नगरपालिका-१० कमलविनायक भत्केकोपाटीस्थित चिकेन स्टेशनमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३३ वर्षीय रामसुन्दर दुवाल लगायत ८ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

चिकेन स्टेशनमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद २ लाख १४ हजार ९ सय ९५ रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु