काठमाडौं । पाकिस्तानका लागि एफ–१६ लडाकु विमानको मर्मतसम्भारका लागि विशेष कार्यक्रमलाई अनुमोदन गरेको विषयमा अमेरिकाले भारतलाई स्पष्टीकरण दिएको छ । अमेरिकाले यो निर्णय गर्नुअघि भारतसँग यस विषयमा छलफल गरेको जानकारी दिएको हो ।

यसअघि भारतले पाकिस्तानसँगको एफ–१६ सम्झौतालाई लिएर अमेरिकासँग कडा आपत्ति जनाएको समाचार आएको थियो । अङ्ग्रेजी अखबार द हिन्दूले ११ सेप्टेम्बरमा एउटा रिपोर्ट प्रकाशित गरेको थियो, जसमा अमेरिकी अधिकारी डोनाल्ड लु भारत भ्रमणमा रहँदा भारतीय विदेश मन्त्रालयले यस सम्झौतालाई लिएर आपत्ति जनाएको कुरा उल्लेख थियो ।

शुक्रबार फेरि एकपटक अखबारमा अर्को समाचार छापिएको छ, जसमा अमेरिकाले यस सम्झौताको बारेमा आफ्नो अडान स्पष्ट पारेको छ । अङ्ग्रेजी अखबार द हिन्दूमा प्रकाशित समाचार अनुसार अमेरिकी रक्षा मन्त्रालयका इन्डो–प्यासिफिक सुरक्षा मामिलाका सहायक सचिव एली रेटनरले यो सम्झौता रुससँगको राम्रो सम्बन्धका कारण भारतलाई बदनाम गर्नका लागि भएको होईन् ।

उनले यो सम्झौता अघि र सम्झौताको समयमा भारतलाई सबै कुरा जानकारी दिइएको कुरा पनि स्पष्ट पारेका छन् । एली रेटनरले बिहीबार भने, ‘अमेरिकी सरकारको यो निर्णय पाकिस्तानसँगको हाम्रो रक्षा साझेदारी बढाउनको लागि गरिएको हो, जुन मुख्यतया आतंकवाद र आणविक सुरक्षामा केन्द्रित छ ।’

उनले थप्दै भने, ‘यो त्यो सम्झौता हो, जसमा हामीले हाम्रा भारतीय समकक्षीलाई पनि सामेल गरेका थियौं, घोषणा हुनुअघि नै सम्झौताको बारेमा जानकारी गराएका थियौं । मैले मेरो दिल्ली भ्रमणमा पनि यसबारे कुरा गरेको थिएँ ।’

अमेरिका, भारतसँग यस विषयमा हरेक हिसाबले पारदर्शिता हुन चाहान्छ । जसकारण भारतलाई सम्झौताको बारेमा पहिले नै जानकारी गराइएको थियो । अर्को, अखबार टाइम्स अफ इन्डियाले पनि अमेरिकी अधिकारीको बयान छापेको छ ।

अखबारले एली रेटनरलाई उदृधत गर्दै एफ–१६ सम्झौता रुससँग भारतको सम्बन्ध वा युक्रेन संघर्षमा तटस्थ अडानसँग सम्बन्धित छैन् । समाचार अनुसार यो सम्झौता भारतलाई कुनै सन्देश दिनको लागि भएको होइन । सेप्टेम्बर ७ मा डिफेन्स सेक्युरिटी कोअपरेसन एजेन्सी (डीएससीए) ले एक विज्ञप्ति जारी गर्दै पाकिस्तान सरकारसँग पहिले नै रहेका एफ–१६ विमानको मर्मत र उपकरण पनि दिइने बताएको थियो ।

यद्यपि, विमानको नयाँ कार्यक्षमताको लागि कुनै योजना छैन, यससँग सम्बन्धित नयाँ हतियारहरू नदिने कुरा पनि अमेरिकाले भारतलाई स्पष्ट पारेको छ । अमेरिकाका अनुसार यसले पाकिस्तानलाई आतंकवाद विरुद्धको लडाँईमा मद्दत गर्नेछ । तर, अमेरिकाले यस क्षेत्रको सैन्य सन्तुलनलाई असर नगर्ने स्पष्ट पारेको छ ।

अमेरिका–पाकिस्तान सम्झौता के हो ?

यो सम्झौता पहिल्यै बिक्रि भइसकेका एफ–१६ लडाकु विमानहरूको मर्मतसम्भारमा लागू हुनेछ, ताकि विमान उडानको अवस्थामा रहिरहोस् ।

अमेरिकाका अनुसार पाकिस्तानले यसका लागि अनुरोध गरेको थियो । सम्झौता अनुसार विमानको इन्जिनमा हार्डवेयर र सफ्टवेयर परिमार्जन गरिने छ ।

इन्जिन मर्मत र आवश्यकता अनुसार नयाँ उपकरण प्रतिस्थापन गरिने छ । अमेरिकाले विमानका लागि पाकिस्तानलाई सहायक उपकरण उपलब्ध गराउने छ । यो सम्झौता ४५ करोड डलर बराबरको हुने अनुमान गरिएको छ, लकहिड मार्टिन नामक कम्पनीले यो सम्झौता पूरा गर्नेछ ।

सम्बन्धित खबरहरु