काठमाडौं । मकवानपुर जिल्ला स्थायी घर भएर ललितपुरमा बस्दै आएका राजुकुमार लुङकी श्रीमती मनिषा लुङ ६८ लाख पैसा डुबाएर ९ वर्षीय छोरा सहित फरार भएकी छन् ।

लाखौँ पैसा जम्मा गरेर घर भाँडा समेत नतिरेकी मनिषाले छरछिमेक र सहकारीबाट पैसा लिएर फरार हुँदा उनका श्रीमान खोजीको लागि मिडिया सामु आएका छन् ।

विवाह भएको १४ वर्षपछि यो घटना भएको छ । राजकुमार पेसाले ड्राइभर हुन् । मनिषा केही समय अगाडि घरको काम गर्ने गरेकी थिइन तर पछिल्लो समय उनी राजनीतिकमा लागे पश्चात दिन दिनै पैसा माग्न थालेको उनका श्रीमान राजकुमार बताउँछन् ।

मनिषाले १ लाख २० हजार कोठा भाँडा हुँदा समेत १ रुपैँया नतिरेको पाईयो । त्यसपछि उनी सम्पर्क बिहिन भएकी हुन् । उक्त कोठाभाडा तिर्न नसकने अवस्था भएपछि राजकुमारले आफूले चलाउँदै गरेको मोटरसाइकल घरवालालाई दिन बाध्य भएका छन् ।

जुनै ठाउँबाट पैसा ल्याउँदा पसलको लागि खर्च भन्दै ल्याउँने मनिषाले थुप्रै ठाउँबाट पैसा उठाएर फरार भएकी छन् ।

आफूले कमाएको सम्पूर्ण पैसा मनिषालाई दिदै आएका राजकुमार धेरै ठाउँबाट पैसा लिएर श्रीमती सम्पर्क बिहिन भएका कारण दैनिक रुपमा ८–१० जना मानिस पैसा माग्न आइरहेने गरेको उनी बताउँछन् ।

उनका अनुसार सुन ,नगद गरि २५ लाख र सहकारी सापट गरि ६८ लाख जति पैसा हिनामिना गराएकी छिन् । उक्त रहम आफू नर्तिने र मनिषा छिटो सम्पर्कमा आएर मेरो ९ वर्षीय छोरा सहित हिनामिना भएको रकम उपलब्ध गराउन उनले अपिल गरेका छन् ।

 

सम्बन्धित खबरहरु