काठमाडौं । आफ्नो सन्तान एकाएक बेपत्ता हुन्दा कस्तो बज्रपात पर्छ । त्योपनि सुन्दर भविष्यको सपना देखेर प्रगतीको पथमा गएको छोरा बेवत्ता भएका छन् ।

झापाको केर्खा घर भई आर्मी बन्न भारत गएका रामकुमार भुजेल बेपत्ता भएका छन् । विगत लामो समय देखि हराएका छोरालाई धेरै ठाउँ खोज्दा भेटाउन नसके पश्चात उनका बुबा टेक बहादुर भुजेल र आमा गंगा भुजेल मिडियामा सहयोगको लागि आएका छन् । उनीहरु पिरमा भौतारिएका छन् ।

वि.सं. २०५८ साल तिर भारत हिडेका रामकुमार करिब २२ वर्ष हुँदा सम्म पनि सम्पर्कमा नआउँदा निकै पीडामा परिवार परेको छ । गएको १ वर्षसम्म सम्पर्कमा रहेका रामकुमारले चिठिहरु पठाइरहने गरेको त्यसपछि सम्पर्क बिहिन भएको आमा गंगा बताउँछिन् ।

भारतीय आर्मी बन्छु भन्दै भारतको झुनझुन भन्ने ठाउँबाट जयपुर हिडेका रामकुमारको अहिलेसम्म कुनै पत्ता लागेको छैन ।

कमाउन भनि हिडेको छोरा शान्त स्वाभाव रहेको र परिवारसँग कुनै मनमुटाव पनि नभएको बाबु आमाको भनाई छ । कुनै ठाउँ छौ भने छोरा घर फर्कर आउँ छोरा, कुनै महिला विवाह गरेका छौ भने ल्याएर आउँ, हामी अब बुढाबुढी भयौँ एक पटक हाम्रो अनुहार हेर्न आउँ भन्दै आमाबुबा बारम्बार भक्कानिन्छन् ।

 

सम्बन्धित खबरहरु