काठमाडौं । एक तान्त्रिकले लाखौँ ठगेका छन् । भारत, उत्तर प्रदेश, सिभिल लाइन्स मुरादाबादको आगवानपुर निवासी एक तान्त्रिकले कुरियर कम्पनीका मालिकसँग २५ लाख भारु रुपैयाँ ठगी गरेका हुन् ।

अभियुक्त तान्त्रिकले व्यापारीलाई उनको घरको जग्गा फुट्ने र सुन बाहिर आउने भनेर ठगेका थिए । तर न त जमिन फुट्यो, न त सुन नै निस्क्यो ।

व्यापारीको उजुरीका आधारमा प्रहरीले अभियुक्त तान्त्रिकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पीडित व्यापारी रिफाकत अमरोहाको नोगाओना सादातका बासिन्दा हुन् ।

उनी दिल्लीमा कुरियर कम्पनी चलाउँछन् । केही महिना अघि उनको भेट अग्वानपुरका एक तान्त्रिकसँग भयो । तान्त्रिकमाथि रिफाकतलाई पैसा देउ तान्त्रिक कारबाही गर्छु भनेर धोका दिएको आरोप छ । तान्त्रिकका अनुसार रिफाकतको घरको जमिन फुटेर सुन निस्कनुपर्ने थियो ।

उनले रातारात धनी बनाउने सपना समेत देखाएका थिए । आरोपितले कुरियर कम्पनीका मालिकसँग पटक पटक गरेर २५ लाख रुपैयाँ ठगी गरेका हुन् । आफू ठगिएको जानकारीपछि रिफाकतले तान्त्रिकलाई पैसा दिन दबाब बनाएका थिए ।

तर आरोपित तान्त्रिकले उल्टै मन्त्र फुकेर बर्बाद गर्ने धम्की दिन थाले । तान्त्रिकको मन्त्रले रिफाकतको विनाश भएर मृत्युसम्म हुने डर देखाइयो ।

पीडितले यस विषयमा सिभिल लाइन्स प्रहरी चौकीमा उजुरी दिएकी छन् । प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएको छ । सिभिल लाइन्स प्रहरी प्रमुख गजेन्द्र सिंहले उजुरी परेको कुरा पुष्टि गरेका छन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।

 

सम्बन्धित खबरहरु