काठमाडौं । भारतीय टिभी उद्योगमा बोल्ड अभिनेत्रीको सुचीभित्र पर्ने शमा सिकन्दरको छुट्टै पहिचान छ । सामाजिक सञ्जालमा निकै सक्रिय रहने शमाले आफ्ना तस्विर र भिडियो फ्यानसँग साझा गर्छिन् ।

प्राय: उनी ग्ल्यामरस तस्विरका कारण चर्चामा आउछिन् । यसैबीच उनले एउटा भिडियो सेयर गरेकी छिन्, जसमा उनी बेबी प्लानिङको बारेमा कुरा गर्दैछिन् ।

शमाको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल हुँदैछ । वास्तवमा शमा सिकन्दरले आफ्नो इन्स्टाग्राम खातामा एउटा सुन्दर भिडियो सेयर गरेकी छिन् । भिडियो राख्दै उनले भनेकी छिन्, ‘जब मानिसहरूले तपाईलाई सोध्छन््–बेबी प्लानिङ कहिले गर्दै हुनुहुन्छ ?’

यसमा शमा आलिया भट्ट र शेफाली शाहको फिल्म ‘डार्लिङ्स’ को संवाद बोल्दैछिन्, जसमा उनलाई सोधिएको छ, ‘अनुभूति (फिलिङ) कहिले आउँछ छोरी ?’ जवाफमा निर्दोष अनुहार बनाएर उनले भनिन्, ‘मलाई थाहा छैन आमा ।’

भिडियो सेयर गर्दै शमाले लेखेकी छिन्, ‘के तपाईंले कहिल्यै यस्तो अनुभव गर्नुभएको छ ?’ उनको यो भिडियोलाई फ्यानहरुले निकै रुचाएका छन् । धेरैले उनलाई निकै क्यूट देखिएको भनिरहेका छन् । भिडियोमा हार्ट इमोजी कमेन्टको वर्षा भइरहेको छ ।

यसबाहेक शमाले आफ्नो पछिल्लो तस्विर पनि शेयर गरेकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् । गुलाबी रंगको बिकिनीमा चश्मा लगाएकी शमा समुद्रको बीचमा देखिन्छिन् । शमाको हट अवतारलाई फ्यानहरूले पनि निकै मन पराएका छन् ।

४१ वर्षीया शमा सिकन्दरले केही महिनाअघि अमेरिकाका व्यापारी जेम्स मिलिरनसँग विवाह गरेकी थिइन् । दुवैको विवाहको तस्विर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

यसैबीच, शमा प्राय: आफ्नो पतिसँग छुट्टी मनाएको तस्विर सेयर गर्छिन् । शमाले एक अन्तर्वार्तामा आफूलाई बाइपोलर डिसअर्डर रहेको बताएकी थिइन्, जसमा जेम्स मिलिरनले उनलाई धेरै साथ दिएका थिए ।

सम्बन्धित खबरहरु