काठमाडौं । विश्व राजनीतिक नक्सामा नेपाल इतिहास रहेदेखि अभिभाज्य स्वतन्त्र र जहिलै नेपालकै नाममा अस्तित्वमा रहेको देश हो । छिमेकी मुलुक भारत भन्ने नाम नै गायब भएको देश हो । सन् १९४७ १५ अगस्ट अघि विश्व राजनीतिक नक्सामा भारत भन्ने नाम थिएन । सबै व्यवस्था बेलायतको थियो । सबै नाम बेलायतले राखेको थियो । बेलायत किङ्गडमले लिएपछि अधिकांश राज्यको नाम मात्र राखियो र राज्यको पछाडि किङ्गडम जोडिएको थियो । जस्तो कि महाराष्ट्र किङ्गडम, दिल्ली किङ्गडम आदी । यति मात्र हैन । विशाल भारत चिरा–चिरा हुन पुग्यो ।

ब्रिटिस भारतको विभाजन धार्मिक आधारमा गरिएको ब्रिटिस भारतको विभाजन थियो। यस विभाजनले गर्दा दुई नयाँ स्वतन्त्र देशहरूको पाकिस्तान स्वराज्य (जुन पछि गएर इस्लामी गणराज्य पाकिस्तान र जनताको गणराज्य बड्गलादेशमा विभाजित भएको थियो) र भारत सङ्घ (पछि गएर भारत गणराज्य) जन्म भएको थियो।

भारतीय स्वतन्त्रता धारा १९४७ ले १५ अगस्ट १९४७ लाई विभाजनको दिनको रूपमा तोकेको थियो। यद्यपि पाकिस्तान एक दिन पहिला १४ अगस्तको दिन अस्तित्वमा आएको थियो। धेरै भएकै छैन । आजभन्दा ७५ बर्ष पहिले भारत चिरियो र पाकिस्तान र बंगलादेश बन्यो । त्यो बेलासम्म त्यो विशाल भूमि भारतको नै थियो ।

भारतीय स्वतन्त्रता धारा १९४७ द्वारा ब्रिटिस भारतको विभाजनको प्रस्ताव अगाडि सारिएको थियो भने यस प्रस्ताव अनुसार भारतबाट ब्रिटिसहरूको साम्राज्यको अन्त हुनु थियो। ब्रिटिस शासनको अन्त्य र दुई देशको निर्माणले गर्दा हिन्दु र मुसलमानको बिच हिंसा उत्पन्न भएको थियो।

यस हिंसामा लगभग १२.५ करोड जनताहरू घरबारविहीन हुँदै आफ्नो देश छाडेर एक–अर्काको देशमा स्थापित हुन बाध्य भएका थिए। जिवन–हानीको सङ्ख्या अविश्वासनिय थियो जुन लाखौँ–करोडौँमा थियो। सन् १९४७ को बेला भारत र पाकिस्तानको सीमा पार गरेर एक अर्काको देशमा जानेहरूको अनुमान सङ्ख्या लगभग १२ करोड थियो।

हिंसात्मक विभाजनले गर्दा दुई देशको सम्बन्ध नराम्रोसँग बिग्रिन थालेको थियो भने त्यहि कारणले गर्दा भारत र पाकिस्तानको सम्बन्धमा आज पनि खटपट कायम नै छ ।

यस विभाजनमा बड्गालको भौगोलिक विभाजन भएको थियो। बङ्गाललाई दुई हिस्सामा विभाजित गरेर पुर्वको बड्गाल पाकिस्तान स्वराज्यलाई दिइएको थियो (सन् १९५६ देखि पूर्व पाकिस्तान) पश्चिमको बड्गाल भारतको एक भाग बनेको थियो। यसै गरी पञ्जाबलाई पनि दुई भागमा विभाजित गरेर पश्चिम पञ्जाब पाकिस्तनलाई दिइयो र पुर्वी पञ्जाव भारतको हिस्सा बनेको थियो। पछि पाकिस्तानले पश्चिम पञ्जाबलाई दुई हिस्सामा विभाजित गरेर पाकिस्तानी पञ्जाब र इस्लामाबाद राजधानी बनाइएको थियो।

भारतले पूर्व पञ्जाबलाई तीन हिस्सामा विभाजित गरेर भारतीय पञ्जाब, हरियाणा र हिमाचल प्रदेश बनेको थियो। यस विभाजनमा ब्रिटिस भारतको सम्पतिको पनि विभाजन भएको थियो। भारतीय नगर सेवा, भारतीय सेना, भारतीय रेल्वे र सबै केन्द्रिय सम्पतिको विभाजन गरिएको थियो।

दुई स्वशासित देशहरू भारत र पाकिस्तान १४ – १५ अगस्त १९४७ को मध्यरातको अन्तरालपछि अस्तित्वमा आएको थियो। नयाँ देशको शक्ति स्थान्तरण भएपछि पाकिस्तानले कराचीमा शक्ति स्थापन समारोह दिवस एक दिन पहिला १४ अगस्तको दिन मनायो ताकि अन्तिम ब्रिटिस भाइसरय, बर्माको लर्ड माउन्टबेटन दुबै ठाँउ कराची र दिल्लीमा उपस्थित हुन सकुन। अततः पाकिस्तानको स्वतन्त्रता दिवस १४ अगस्टको दिन र भारतको १५ अगस्टको दिन मनाइन्छ।

दुई–राष्ट्र सिद्धान्त
१९औँ शताब्दीको अन्त्य र २०औँ शताब्दीको सुरुवात
अखिल भारतीय मुस्लिम लिगको स्थापना ढाकामा सन् १९०६ मा मुसलमानहरूद्वारा भएको थियो भने उनीहरूलाई हिन्दू बहुल भारतीय राष्ट्रिय काङ्ग्रेस माथि आशंका थियो। उनीहरूले शिकायत गरे कि मुस्लिमहरूलाई त्यतिनै अधिकार छैन जति कि हिन्दू सदस्यहरूलाई छ। धेरै प्रकारका प्रस्तावहरू अनेक पल्ट प्रस्तुत गरियो।

उनीहरूमा सब भन्दा पहिला अलग राज्यको माग गर्ने लेखक र तत्ववेत्ता थिए अलामा इकबाल, जसले आफ्नो नेतृत्वमा १९३० मा एक सङ्घ तैयार पारे मुस्लिम सङ्घ, जसमा उनले हिन्दुहरू भएको उपमहाद्वीपमा मुस्लिमहरूको एउटा छुट्टै राष्ट्र हुनु आवश्यक छ भनेर एउटा प्रस्ताव राखे।

इकबालले भने अनुसार, उनको दृष्टिमा आउने भविष्यमा यस खालको अलग हुनेनै छ। सन् १९३५ मा सिंध सभाले एउटा प्रस्ताव पारित गर्यो जसमा एउटा छुट्टै राष्ट्रको माग थियो। इकबाल, जौहर र अन्यले मिलेर मस्यौदा तयार पार्न धेरै मेहनत गरे, मोहम्मद अलि जिन्ना जुन पहिले हिन्दु–मुस्लिम एकताको लागि काम गर्थे अब एक नया राष्ट्रको निर्माणको लागि आन्दोलनको नेतृत्व गर्न थाले। १९३० देखी, जिन्नाहले भारतीय संघमा अल्पसंख्यक सामुदायको निराशालाई भाग्यमा बदल्नको लागि मुख्य राजनीतिक पार्टी जस्तै कि कड्ग्रेस (कड्ग्रेसमा उ पहिले सदस्य हुने गर्थे) सँग वार्ता गर्न थाले। तर कड्ग्रेस मुस्लिम प्रति चासो राख्दैन थियो ।

१९३२ को साम्प्रदायिक पुरस्कारले भारतीय प्रोभिन्समा मुस्लिमहरूको स्थितिलाई अलिक बलियो बनायो र यस परिवर्तनबाट जिन्नाहको नेतृत्वमा मुस्लिम लिगको जन्म भयो। यद्यपि यस लिगले १९३७ को प्रोभिन्सीय चुनावमा राम्रो स्थिति देखाउन सकेन, यस चुनावमा त्यति बेलाको रुढिवाद र क्षेत्रिय शक्तिको प्रदर्शन मात्र देख्न पाईयो। पछि त्यही बिउ हुर्कियो र राज्य विभाजन हुन बल पुग्यो ।

सम्बन्धित खबरहरु