काठमाडौं । नेपाली कांग्रेस अचम्मको पार्टी बनेको छ । आफ्नै पार्टीभित्र प्रमुख प्रतिपक्ष जस्तो समूह जमिरहेको छ । संस्थापन पक्ष सरकारमा छ संस्थापनइतर समूहले प्रमुख प्रतिपक्ष दल जस्तो छ । उसले विभिन्न दवाव र बिरोध गरिरहेको छ । संस्थापनइतर समूहले आज छुट्टै भेला गर्दैछ ।

सभापतिमा पराजित डाक्टर शेखर कोइराला समूहले काठमाडौंमा खबरदारी सभा गर्न लागेको हो ।

पार्टीभित्र अवसर र न्यायका लागि भन्दै शेखर समूहले सभा आयोजना गरेको छ । सभा थापागाउँस्थित बानेश्वर बैंक्युटमा दिउँसो एक बजेपछि सुरु हुनेछ ।

सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटमा सहमति नभएका बेला कांग्रेसभित्र भने दुई समूहबीच नै समस्या देखिएको छ ।

शेखर समूहले आगामी चुनावका लागि प्रतिनिधि सभा र प्रदेश सभामा कम्तिमा ४० प्रतिशत सिट आफ्नो पक्षका नेतालाई दिन माग गरिरहेको छ ।

शेखर समूहले पटक–पटक भेला र बैठक गरेर सभापति शेरबहादुर देउवालाई दवाव दिंदै आएको छ । साथै आफूहरूलाई न्यायोचित व्यवहार नगरिए गठबन्धनमा समेत समस्या आउने शेखर समूहले चेतावनी दिइरहेको छ । यसले सत्ता गठबन्धनमा सकस सृजना गरेको छ ।

 

सम्बन्धित खबरहरु