काठमाडौं । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहविरुद्धको मुद्दामा ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’ भन्ने नजीर स्थापित गरेको छ ।

फैसलाको पूर्णपाठमा ‘स्टारले वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्छ’ भन्ने विषयलाई जोड दिएको छ । आफ्नो पपुलारिटी गलत कार्यका लागि प्रयोग गर्न नहुँनेमा फैसलाले जोड दिएको हो ।

गत भदौ २१ गते जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले नाबालिकामाथि बलात्कारको मुद्दामा पललाई सफाइ दिएको थियो भने बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै साढे दुई वर्ष कैद सजाय सुनाएको थियो । यस्तै पीडित नाबालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश दिएको थियो ।

पूर्णपाठमा अदालतले स्टारडमको महत्वबारे पनि प्रकाश पारेको छ । आफू स्टार हुँ भन्ने एउटा वयस्क व्यक्तिले पर्दामा मात्र होइन, वास्तविक दुनियाँमा पनि नायकीपन प्रस्तुत गर्नुपर्ने अदालतले गरेको फैसलाको पूर्णपाठमा उल्लेख गरेको छ ।

फैसलाको पूर्णपाठ आएसँगै उच्च अदालत पोखरामा यसविरुद्ध पुनरावलोकन गर्ने तयारी भएको शाहका कानून व्यवसायी कमलामोहन वाग्लेले जानकारी दिनुभयो । दशैंपछि पुनरावेदन दिने तयारीमा आफूहरु रहेको उहाँको भनाई छ ।

यस्तो छ पूर्णपाठ

सम्बन्धित खबरहरु