जनकपुरधाम । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक जनकपुर–जयनगर रेल चढ्नुभएको छ ।

रेलको सपना देखाउँदा खिस्सि ट्युरी गर्नेहरुलाई जवाफ भन्दै उहाँ रेलमा सरर सजार गर्नुभयो । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुग्नुभएका ओलीले रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुग्नुभयो ।

उहाँलाई पर्खिँदा जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरका लागि गुडेको थियो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल चढ्नुभयो । रेल चढ्न उहाँले टिकट नै किन्नुभएको थियो ।

काठमाडौंबाट जनकपुरधाम आउने विमान ढिलो भएका कारण ओली आउन ढिलाइ हुँदा ११ बजे जनकपुरबाट जयनगर गुड्ने रेल १२ बजेर ४ मिनेटमा गुडेको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टीका नेता उमाशंकर अरगरिया, निवर्तमान सांसद अमृता अग्रहरि, कैलुदेवी विश्वकर्मा, जसपाकी निवर्तमान प्रदेश सभा सदस्य डा. रिना यादवलाई ओलीले पार्टीमा स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु