लोकतान्त्रिक समाजवादी पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्य तथा सचेतक उमाशंकर अरगरिया एमाले प्रवेश गरेसँगै एमालेले एक सिट थप पक्का गरेको छ ।

उहाँ जित्ने राजनीतिज्ञ हो । आफू एमाले प्रवेश गरेर धनुषाका नागरिकको झनै सेवा गर्नका लागि आएको बताउँनुभयो ।अरगरियालाई पार्टी प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली अरगरियाको क्षेत्र धनुषा–२ मा नै पुग्नुभयो । यसलेपनि उहाँको लोकप्रियता झनै बढायो ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा–२ बाट तत्कालीन संघीय समाजवादी फोरमको उम्मेदवारको रुपमा जित्नुभएको थियो । त्यतिबेला उहाँले ३२ हजार ४४ मत प्राप्त गर्नुभएको थियो । उहाँका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामचन्द्र झाले भने १८ हजार ७१५ मत मात्र प्राप्त गर्नुभयो ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो। सो पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी गठन भएको थियो। जसपा विभाजनका बेलामा भने उहाँ उपेन्द्र यादव नेतृत्वको पार्टी नलागी महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपातिर लाग्नुभएको थियो ।

अरगरियालाई लोसपाबाट पुनः धनुषा–२ बाटै उम्मेदवार बन्न एकल सिफारिसमा पर्नुभएको थियो । तर, उहाँ एमाले प्रवेश गरेपछि लोसपा चिन्तामा परेको छ ।

सम्बन्धित खबरहरु