काठमाडौं । नेपाल एमालेका अध्यक्ष केपी शर्मा ओली आफू प्रधानमन्त्री हुँदा सुरु भएको रेलमा आफै टिकट काटेर यात्रा गर्नुभएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियासहित विभिन्न नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन जनकपुर जाँदा उहाँले रेलको यात्रा गर्नुभएको हो ।

शनिबार लोकतान्त्रिक समाजवादी पार्टीका सांसद उमाशंकर अरगरियासहित विभिन्न पार्टी परित्याग गरेका तीन हजार बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउन ओली जनकपुर पुग्नुभएको थियो ।

विदेह नगरपालिकास्थित तीनकोरिया चोकमा आयोजित जनसभा एवं पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन ओली धनुषा पुग्नुभएको हो ।
जनकपुर विमानस्थलमा अवतरण गरेका उहाँ रेल चढेर धनुषाको महिनाथपुर स्टेसन पुग्नुभयो ।

सोही क्रममा उहाँले महिनाथपुर स्टेशनमा रेल्वे कर्मचारीसँग कुराकानी गर्नुभयो ।

कुराकानीमा ओलीले ‘गाडी कतिपटक चल्छ ? कति प्यासेन्जर हुन्छ ? स्टाफको सुविधा के कस्तो छ’ भन्ने जिज्ञासा राख्नुभएको थियो । ‘हामीले ट्रेनको संख्या पुगेन। धेरै भीडभाड भयो। अझै ट्रेन थप्नुपर्छ भन्यौं,’ कर्मचारी हेमबहादुर कटुवाल जानकारी दिनुभयो ।

ओलीसँगै नेता महेश बस्नेत, सर्वेन्द्र खनाल, रघुवीर महासेठ, प्रभु साह लग्यातका नेता पनि कार्यक्रममा सहभागी हुनुभयो । कार्यक्रममा सहभागी हुनुअघि ओलीले मुरिवास्थित सहिद रामनरायण मण्डल मुरवलको शालिकमा माल्यार्पण गर्नुभएको थियो । पछिल्लो समय एमालेले मधेसमा विभिन्न पार्टीका नेतालाई पार्टी प्रवेश गराउँदै आएको छ। हेरौ तस्वीरहरु

सम्बन्धित खबरहरु