काठमाडौं । नाइजरमा जुन महिनादेखि परेको अविरल वर्षाका कारण हालसम्म कुल १७९ जनाको मृत्यु भएको यहाँको नागरिक सुरक्षा महानिर्देशनालयले शुक्रबार जनाएको छ । माटोले बनाइएका घरहरू वर्षाका कारण भत्किदा धेरै नागरिकको मृत्यु भएको हो ।

यसै बीच मानवीय कार्य तथा विपद् व्यवस्थापन मन्त्रालयले गत साता जिन्डरस्थित अंगौल जुलुका जनतालाई १८५ बोरा चामल, १८५ बोरा कोदो र १६६ बोरा सिमी लगायतका खाद्यान्न सहयोग उपलब्ध गराएको जनाएको छ ।

सन् २०२१ मा गर्मीको वर्षाले नाइजरमा ७७ जनाको मृत्यु भएको थियो भने २५०,३३१ जना प्रत्यक्ष प्रभावित भएका थिए।

इक्वेडर प्रहरीद्वारा ३.५ टन कोकिन बरामद
ग्वायाकिलको बन्दरगाहमा गरिएको प्रहरी कारबाहीमा ३.५ टन कोकिन बरामद गरिएको इक्वेडोर प्रहरीले शुक्रबार जानकारी दिएको छ ।

सो परिमाणको कोकिन ८८ वटा सुटकेसमा प्याक गरिएको सो लागऔषध बेल्जियम पठाउँन लागिएको केराको कन्टेनरमा लुकाइएको अवस्थामा प्क्राउ परेको इक्वेडोरका प्रहरी कमाण्डर जनरल भिक्टर जराटेले बताएका छन् । सन् २०२२ मा मात्रै इक्वेडरमा १४४ टन लागुऔषध बरामद गरिएको छ।
इक्वेडरका राष्ट्रपति गुइलेर्मो लासोले आफ्नो देशमा लागुऔषधको तस्करी विरुद्धको लडाइँको घोषणा गरेका छन् ।

बुधवार संयुक्त राष्ट्रसंघ महासभामा आफ्नो भाषणमा लासोले लागुपदार्थको तस्करी विरुद्ध लड्न अन्तरराष्ट्रिय सहयोगको लागि आह्वान गर्दै “अन्तरराष्ट्रिय अपराधको लागि अन्तरराष्ट्रिय समाधान चाहिने” कुरा उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु