वोलोङगोङ । गुट्सी डच स्टार एनेमिक भान भ्लेउटेनले शनिबार महिला विश्व साइक्लिङ रोड रेसको उपाधि जितिन्। साइक्लिङका क्रममा आफ्नो कुहिनो भाँचिएको भए पनि उनले सो उपाधि जितेकी हुन् ।

सिड्नीको दक्षिणी भागमा रहेको वोलोङगोङ वरपरको जारि वर्षा बीच १६४.३ किलोमिटर (१०२ माइल) को दौडपछि बेल्जियमका लोट्टे कोपेकीको चुनौतीलाई ३९ वर्षीया टूर डे फ्रान्स च्याम्पियनले एक सेकेण्डमा रोकेकी हुन् । इटालीकी सिल्भिया पर्सिकोले कास्य पदक जितेकी छिन् । (रासस-एएफपी)

कम्बोडियामा डुङ्गा डुब्दा तीन चिनियाँको मृत्यु
कम्बोडियाको तटमा शनिबार डुङ्गा पल्टिँदा मृत्यु हुनेको सङ्ख्या बढेर तीन पुगेको छ । थप नौ जनालाई भियतनामी जलक्षेत्रबाट उद्धार गरिएको छ भने आठ जना अझै बेपत्ता छन् । एकचालीस जना चिनियाँ यात्रु बोकेको डुङ्गा बिहीबार सिहानोकभिलमा दुर्घटनामा परेको थियो ।

कम्बोडियाको प्रेह सिहानोक प्रान्तीय प्रशासनका प्रवक्ता खेआङ फेरोमले एएफपीलाई उद्धार टोलीले शनिबार थप दुई शव फेला पारेको र मृतकको सङ्ख्या तीन पुगेको बताएका छन्।

आठ जना अझै बेपत्ता रहेको उनले बताए । कम्बोडियाली अधिकारीहरूले शुक्रबार २१ जनाको उद्धार गरेका थिए। यसैबीच, किएन जियाङ प्रान्तको एन थोई स्टेशनमा ड्युटीमा रहेका भियतनामी सीमा गार्डले एएफपीलाई फु क्वोक टापु नजिकै भियतनामी जलक्षेत्रमा शुक्रबार नौ चिनियाँ नागरिकलाई माछा मार्ने जहाजले उद्धार गरेको बताएका छन्।

यसैबीच चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले घटनाबारे बेइजिङ कम्बोडियाली अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको बताएका छन्।

सम्बन्धित खबरहरु