काठमाडौं । झापा, मेचीनगर नगरपालिका-१२ पिपल डाँगीमा प्र.१-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्र.१-०१-०१४ प २६७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका प्र.१-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकल चालक कन्काई नगरपालिका-४ बस्ने ३८ वर्षीय कृष्ण प्रसाद सिग्देल र प्र.१-०१-०१४ प २६७८ मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका-४ बस्ने ४५ वर्षीय विष्णु थापाको बिएण्डबी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका प्र.१-०१-०१४ प ३३५० नम्बरको मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
कपिलवस्तु, शिवराज नगरपालिका-५ खैरीमा लु.५७ प ५८०३ नम्बरको मोटरसाइकल र बाग्मती प्रदेश ०१ ०२५ च ९२४४ नम्बरको पिकअप गाडी एकआपसमा ठोक्किएर शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक अर्घाखाँची सितगंगा नगरपालिका-१० बस्ने ४५ वर्षीय चन्द्रमणी ज्ञावलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी सामुदायिक अस्पताल चन्द्रौटा हुँदै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी कपिलवस्तु, शिवराज नगरपालिका-३ नहर चोकमा ना.८ ख ३८२९ नम्बरको कन्टेनर ट्रकको ठक्करबाट पैदलयात्री गुल्मी घर भएका ३४ वर्षीय बम बहादुर थापाको शनिबार बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि संजिवनी सामुदायिक अस्पताल चन्द्रौटातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्रकको ठक्करबाट घाइते भएकी मृतककी छोरी ३ वर्षीया अनु थापालाई सोही अस्पताल हुँदै थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु