काठमाडौं । हेटौंडा उपमहानगरपालिका-५ न्युरेनीस्थित कर्रा खोलाको नागदहमा डुबेर ३ जनाको शुक्रबार दिउँसो मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही ठाउँ फारलायन बस्ने १७ वर्षीय साहिल लामा, १२ वर्षीय कारसाङ जिम्बा र १३ वर्षीय संजिब मोक्तान रहेका छन् ।

उक्त नागदहमा पौडी खेल्ने क्रममा उनीहरू डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखरा, बाग्मती प्रदेश प्रहरी कार्यालय र शसस्त्र प्रहरी बल नेपाल समेतबाट खटिएको टोलीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु
काठमाडौं । धनकुटा, धनकुटा नगरपालिका-६ पात्ले बस्ने ५७ वर्षीय राज बहादुर राईको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित उद्धव कटुवालको घरमा ढोका बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा मृत्यु भएको हो ।

बाँके, खजुरा गाउँपालिका-२ बस्ने ५७ वर्षीय देवी प्रसाद भुषालको करेन्ट लागेर शनिबार बिहान मृत्यु भएको छ ।

आफ्नै घरमा अटो चार्जमा राख्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि नर्सिङ् होम नेपालगञ्जतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु