काठमाडौं । एक महिना लामो तराईको बसाईपछि पुर्व राजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । ०६१ साल माघ १९ का दिन उनले नै सम्पुर्ण शासन आफ्नो हातमा लिएका थिए ।
अहिले पनि राजतन्त्र फर्कने झिनो आशामा रहेका ज्ञानेन्द्र भित्रि रुपमा विभिन्न तानावाना बुनिरहेका छन् । संयोग यस्तो परेको छ कि आज माघ १९ गते प्रजातान्त्रिक आन्दोलनको कालो दिनका रुपमा स्मरण गरिदैछ ।
२०६१ सालमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले राज्यका सबै शक्ति आफू केन्द्रित गरेर नागरिकको अधिकार कुण्ठित पारेको दिनको रुपमा आजको दिनलाई लिने गरिन्छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई सत्ता च्युत गरेर राजजीतिक अधिकार, प्रेस स्वतन्त्रता तथा मानवअधिकार आफू केन्द्रित गरे पनि शाहको विरुद्धमा झन धेरै समर्थन जुटेको थियो ।
सञ्चार सेवा बन्द गरेर, दलका नेताहरुलाई नजरबन्दमा राखेर, धर्ना जुलुस जस्ता कार्यक्रममा पनि प्रतिवन्ध लगाइएको थियो । तर पछि नागरिकक र राजनीतिक दलको आन्दोलनले शाहलाई हटाइएपछि संविधानसभाको चुनाव गरेर राजनीतिक दलहरुले अहिले देश सञ्चालन गरिरहेका छन् ।
दोस्रो संविधानसभाको चुनावपछि पनि संविधान एक बर्षमा दिन नसक्दा दलहरुप्रतिको आक्रोस र वितृष्णा भने बढेको छ । यहि आक्रोषलाई क्याच गरेर उनी अघि बढ्ने रणनीतिमा पुगेका छन् ।
उनले राजनीतिक दलहरुको गतिविधिबाट वाक्क दिक्क बनेका जनतालाई विस्तारै राजनीतिक दल विरुद्ध एक बनाउने रणनीति बनाएको स्रोतको दाबी छ । जनता पनि दलहरुसँग निकै रुष्ट बनेका छन् ।
पुर्व राजाले केही दलहरुलाई आर्थिक चलखेलमा पारेर राजनीति आफ्नै घेरामा घुमाउने योजना बनाएको विश्वस्त स्रोतको दाबी छ ।