काठमाडौं । बलिउडमा अभिनेत्री उर्वशी रौतेलाको फरक पहिचान बनेको छ । कतिपयले उनलाई सबैभन्दा कान्छो सुपरस्टार भनेर चिनाउने गर्छन् । इन्स्टाग्राममा उनका साढे पाँच करोडभन्दा बढी फलोअर्स छन् ।

उर्वशीको जनसम्पर्क (पीआर) टीमका अनुसार उनी विश्वभर मन पराइएका सेलिब्रेटीमध्ये एक हुन्, अन्तर्राष्ट्रिय स्तरमा उनको छुट्टै पहिचान बनेको छ ।

यसबीच उर्वशीलाई सधैं चर्चामा राख्नको लागि उनको पीआर टोलीले सबै प्रकारका उपायहरू खोज्ने गर्दछ । पछिल्ला पटक उनी आफ्नो पहिरनका कारण चर्चामा छिन् ।

उनले हालै लगाएको कपडाको मूल्य ९६ लाख रुपैयाँ रहेको दाबी गरिएको छ । उनी पोल्याण्डको सेमी पोर्न फिल्म ‘३६५ डेज’ का अभिनेतासँग ठूलो पर्दामा देखिने पनि जानकारी पनि गराइयो ।

मुम्बईमा उर्वशी रौतेलाका बारेमा चलचित्र जगतसँग जोडिएका मानिसहरूलाई धेरै कुरा थाहा छ । पछिल्लो पटक उनलाई हालै प्रदर्शन भएको फिल्म ‘द लिजेण्ड’ मा देखिएको थियो । तर सो चलचित्र दर्शकलाई मन परेन्, फिल्म प्रदर्शनपछि अचानक गायब नै भयो ।

दुई वर्षअघि आएको ‘भर्जिन भानुप्रिया’ मा पनि उर्वशीले कमाल देखाउन सकिनन् । भर्जिन भानुप्रिया सीधै ओटीटीमा रिलिज भएको थियो । तर, मुम्बईमा चलचित्र निर्माताको कमी छैन । नयाँ उदयमान निर्माताको ध्यान उर्वशीमाथि भएको विश्वास गरिन्छ । जसकारण उर्वशीले निरन्तर काम पाइरहेकी छिन् ।

क्रिकेटरको बारेमा आफ्नो छुट्टै छाप छोडेकी उर्वशी केही भएन भने आफ्नो पहिरनलाई लिएर चर्चामा रहने गरेकी छिन् । उनले लगाएका कपडाको समेत समाचार बन्छ । उनको नयाँ पोशाकको बारेमा दावी गरिएको छ कि त्यसको मूल्य ९६ लाख भन्दा धेरै पर्दछ । उनको बार्बी डल लुकलाई इन्टरनेटमा भाइरल बनाउन फ्यानहरु सक्रिय छन् ।

उनको इन्स्टाग्राम पोस्टमा यो पोशाकको पूर्ण कुण्डली लेखिएको छ । उर्वशी रौतेलाको पीआर टोली यति स्मार्ट छ कि पोल्याण्डमा बनेको कामुक फिल्म ‘३६५ डेज’ लाई हलिउड फिल्म भन्छ, त्यसको नाम पनि ‘३६५ दिन’ लेखिएको छ । फिल्म ‘३६५ डेज’ विश्वका ती केही फिल्महरू मध्ये एक हो, जसले रोटेन टमाटोज वेबसाइटमा एक पनि सकारात्मक समीक्षा प्राप्त गरेको छैन ।

यो फिल्म सबैभन्दा खराब फिल्म अवार्डको शीर्ष स्थानमा रह्यो । अब उर्वशीको टोलीले उनको नाम सेमी पोर्न फिल्मकी स्टार मिशेल मोरोनसँग जोड्दैछ । उर्वशीले नेटफ्लिक्सका लागि मिशेलसँग फिल्म खेल्न लागेकी छिन्, जसलाई ‘३६५ डेज’ निर्देशक बारबरा बियालोभासले निर्देशन गर्ने बताइएको छ ।

 

सम्बन्धित खबरहरु