काठमाडौँ । ‘मिसेस नेपाल कल्चर २०२२’ को उपाधि युमीन खत्रीले जितेकी छन् । ३७ प्रतियोगीलाईपछि पार्दै उनले शिर्ष उपाधि चुकेकी हुन् ।

शनिबार अबेर साँझ राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगीतामा शुभेक्षा ढकाल राणा फष्टरनरअप, ज्योती दीक्षित सेकेन्ड रनरअप, सुस्मिता भण्डारी अधिकारी थर्डरअनर अप र मञ्जु पाठक फोर्थ रनर अप भए ।

युहान इन्टरनेसनल इभेन्ट्सले विवाहित महिलाहरुको अनुभव, परिपक्वता, सिकाइ अझ वृहत र विस्तारित रुपमा समाज सामू ल्याएर उनीहरुको समग्र व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र सशक्तिकरणमा योगदान पु¥याउने उदश्यले आयोजित प्रतियोगीतामा पब्लिक च्वाइस नीशा तिमल्सिना, पब्लिक च्वाइस रनरअप गीता भट्ट ओझा, भ्युवर्स च्वाइस मञ्जु पाठक, भ्युवर्स च्वाइस रनर अपनीशा आचार्य, मिसेु् ट्यालेन्ट सुभेक्षा ढकाल राणा, म्यानेजमेन्ट च्वाइस नुरा ढुंगाना, मिसेन बेस्ट पर्सनालिटी मनिषा थापा, बेष्ट ड्रेस सुष्मिता भण्डारी, अधिकारी, बेष्ठ वाक सुजना शाही, मिसेस् फोटोजेनिक गंगा अधिकारी, बेस्ट स्माइल सुस्मिता भण्डारी अधिकारी, मिसेस् कञ्जिनालिटी जयन्ती यादव, मिसेस कन्फिडेन्ट अनिता तण्डुकार, मोस्ट इन्टेलिजेन्ट युमिन खत्री, मोस्ट एक्टिभ काजल लोहियाले हात पारे ।

प्रतीक्षा घिमिरे, नीशा तिमल्सिना, जयश्वरी श्रेष्ठ, मनिषा पौडेल, प्रमिला खड्का, रमीता महर्जन, विद्या श्रेष्ठ, यशोधा जोशी, सुभेक्षा ढकाल राणा, सुजना शाही, अर्कना हुसेन, सारा राई, मञ्जु पाठक, अञ्जना पाण्डे, अञ्जना खालिङ राई, अनिता तण्डुकार, शोभा ढकाल, रचना भुजेल प्रधान, सपना खड्का, प्रतिज्ञा थापा, एलिना कार्की, मनिषा थापा, पायल अग्रवाल, सबी बज्राचार्य, कान्छी मैया खयामली, रेणु सिंह, जयन्ती यादव, नुरा ढुंगाना, प्रतिमा रौनियार, सुस्मिता भण्डारी अधिकारी, कमला भण्डारी, काजल लोहिया, निशा आचार्य, गंगा अधिकारी, नीशा भट्टराई, गीता भट्ट ओझा, ज्योती दिक्षीत, यूमिन खत्रीलाई प्रतियोगीताको आजीवन सद्भावना दुत समेत प्रदान गरिएको प्रतियोगीतामा प्रथम मिस नेपाल रुबी राणालाई सम्मानार्थ ‘मिसेस् नेपाल कल्चर’को उपाधि समेत प्रदान गरिएको थियो ।

संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेको प्रतियोगीताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए ।

बिभिन्न समुदायको कल्चर झल्किने मौलिक भेषभुषा समेत प्रतियोगीताले प्रदर्शन गरेको प्रतियोगीताको साँस्कृतिक मुल्य, मान्यता, मौलिक परिचयको महत्वलाई सम्वद्र्धन र प्रवद्र्धन गर्ने उद्देश्य रहेको आयोजक युहानका सञ्जिता श्रेष्ठले बताइन् ।

कार्यक्रमको म्यानेजमेन्ट निर्देशक सानु खानले हेरेको थिए । ‘विवाह संस्कार नेपाली साँस्कृतिक परिचयको अझ सबैभन्दा महत्वपूर्ण पक्षका रुपमा रहेको छ । यही परिचयमा अगाडि बढेका विवाहित महिलालाई ‘मिसेस नेपाल कल्चर’ को साँस्कृतिक अभियानको रुपमा प्रस्तुत गर्न खोजएको हो’ खानले थपे ।

प्रतियोगीताका विजेताले शिर्ष उपाधिका साथमा दुई लाख बराबरको उपहारको अलवा बिभिन्न अवसर समेत प्राप्त गरेका छन् ।

 

सम्बन्धित खबरहरु