काठमाडौं । पछिल्लो समय काठमाडौं महानगरपालिकाले अनाधिकृत रुपमा बनेका संरचनालाई भत्काउने काममा तिव्रता दिएको छ । उक्त कामलाई निरन्तरता दिदै जाँदा स्कुलमा डोजर चलाएपछि सोही स्कुलमा अध्ययन गर्ने बच्चा आजको नयाँ समाचार भन्दै मिडियामा आएका छन् ।

पुरानो धोबिखोलाको जग्गा मिचेर बनाएको कम्पाउण्ड र पर्खालको पुर्जा नभएका कारण महानगरले अनामनगर क्षेत्रमा डोजर चलाएको हो ।

उक्त स्कुलमा पढ्दै आएका ती स्कुले बच्चाले नमस्कार दर्शकहरु आजको नयाँ समाचार हो, आज हाम्रो स्कुल भत्किदै छ, एकदम दुःख लागिरहेको छ । के गर्नु आज मुट चिरा–चिरा भयो भन्दै उनीहरु मिडिया सामु आएका थिए ।

उमेरले लगभग ७–८ वर्षका देखिने ती नाबालका अनुसार हाम्रो स्कुलले जग्गा मिचेकै हो । यस्ता अनाधिकृत रुपमा जग्गा मिचेर बनाएका सबै संरचनम हटाउनु पर्छ । बालेन साहलाई धेरै–धेरै धन्यवादसम्म भनेका छन् ।

तर स्कुल भत्किदा कताकता दुःख पनि लागेको उनीहरु बताउँछन् । महानगरले स्कुलको पर्खाल र केही कम्पाउण्ड भत्काएको थियो । त्यसकोपनि खुबै चर्चा थियो । शुक्रबार अनामनगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुल भत्काएको थियो ।

ती बच्चाहरु त्यही स्कुलका विद्यार्थी भएको खुलेको छ । स्कुले बच्चाहरुले आफूहरु बालेनको ठूलो फ्यान भएको बताएका छन् । उनीहरुले अहिले काठमाडौंको मेयर हुनुहुन्छ भोलि प्रधानमन्त्री भएको हेर्न पाउँ भन्दै कामना समेत गरेका छन् ।

सम्बन्धित खबरहरु