काठमाडौं । भारतका दुई ठूला व्यापारिक समूहबीच ठूलो सम्झौता भएको छ । रिलायन्स र अडानी ग्रुपबीच ठूलो सम्झौता भएको हो । सम्झौता अन्तर्गत उनीहरूले एक-अर्काका कर्मचारीलाई काम दिने छैनन् ।

यो नयाँ सम्झौताको नाम ‘नो–पोचिङ एग्रीमेन्ट’ राखिएको छ । बिजनेश इनसाइडरको प्रतिवेदन अनुसार नो–पोचिङ प्याक्ट यस वर्षको मे देखि लागू भएको हो । यो उनीहरूको सबै कम्पनीहरूमा लागू हुनेछ ।

अम्बानी–अडानी धेरै व्यवसायमा आमने-सामने छन्
प्रतिवेदनका अनुसार हालै दुवै समूह एक अर्काको उल्लेख्य उपस्थिति रहेको क्षेत्रमा प्रवेश गरेका छन् ।

गत वर्ष, अडानी समूहले अडानी पेट्रोकेमिकल्स लिमिटेडसँग पेट्रोकेमिकल्स क्षेत्रमा प्रवेश गर्ने घोषणा गर्‍यो, जहाँ पहिलेदेखि नै रिलायन्स इन्डस्ट्रिजको ठूलो उपस्थिति थियो । अर्को क्षेत्र जहाँ तिनीहरू एक अर्कासँग टकराउँछन्, त्यो हो उच्च–गति डेटा सेवा हो । अडानीले फाइभजी स्पेक्ट्रमका लागि डाक (बोली) लगाएको छ ।

अडानी समूह र रिलायन्स इन्डस्ट्रीजले हालसालै आफ्नो खुद्रा व्यापारलाई बढावा दिन ठूलो लगानी गर्ने घोषणा गरेका थिए । ब्लूमबर्गको एक रिपोर्ट अनुसार, अडानी विल्मार लिमिटेडले आफ्नो खाद्यान्न परिचालनलाई बढावा दिन आफ्नो आईपीओबाट ५ अर्ब रुपैयाँ (भारु) छुट्याएको छ । रिलायन्स इन्डस्ट्रीजले पनि उपभोग्य वस्तुको व्यवसाय सुरु गर्ने योजनाको घोषणा गरेको धेरै भएको छैन् ।

भारतमा दक्ष कामदारको अभाव
‘म्यानपावर ट्यालेन्ट सर्टेज सर्भे’ का अनुसार भारत विश्वका शीर्ष ४ देशमा पर्छ, जहाँ दक्ष कामदारको अभाव छ । सोही कारणले गर्दा भारतका ठूला कम्पनीहरूका अगाडि ‘वार फर ट्यालेन्ट’ तीव्र गतिमा बढिरहेको छ ।

दक्ष जनशक्ति कम भएका देशमा जनशक्ति महँगो बन्दै गएको छ । यस्तो अवस्थामा भारतका कम्पनीहरूबीच पनि यस्ता सम्झौता हुँदैछ । आगामी दिनमा ठूला कम्पनीहरुबीच यस्ता थप सम्झौता हुने सम्भावना रहेको उद्योग विज्ञहरुको विश्वास छ ।

 

सम्बन्धित खबरहरु