काठमाडौं । समाजका दैनिक रुपमा अनेक घट्नाहरु हुने गर्दछन् । श्रीमान–श्रीमतीको मन नमिलेर या त, अर्कैसँग लागेर यस्ता घटनाले परिवारमा निकै असर परिरहेको हुन्छ ।

यसै क्रममा सप्तरी जिल्ला सुरुङ्गा गाउँपाकिलाका वडा नं. २ मा साना–साना बच्चा सहित घरपरिवार छाडेर रमिता बिकका श्रीमान प्रमोद बिक हराएका छन् । सौता लिएर फरार भएपछि श्रीमती र बच्चाहरुको बिचल्ली भएको छ ।

फगुन ११ गते अर्कै महिला लिएर फरार भएका प्रमोद करिब ६–७ महिना हुँदासम्म पनि घरमा फर्किएका छैनन् । उनी सम्पर्कमा नै छैनन् । अर्कैको बच्चा र श्रीमती लिएर गएका प्रमोद २ महिनासम्म फोन सम्पर्कमा रहेको तर अहिले कुनै सम्पर्कमा नआए पश्चात मिडियामा सहयोगको लागि ससुरा बुहारी आएका छन् ।

रमितासँग मागि विवाह गरेका प्रमोदले ६ बर्षपछि अर्कैकी श्रीमती लिएर फरार भएका हुन् । आफ्नै बुबाले छोराछोरीको बिच्चली भयो आइज छोरा भन्दा कहिले पूर्व छु त कहिले पश्चिम छु भन्दै छोरा प्रमाद झुट बोलेको बुबा बताउनु हुन्छ ।

बुबाका अनुसार छोरालाई पैसा पठाउँ भन्दा मैले पैसा पठाउँदैन यदि मैले पैसा पठाए भने उक्त बैंकको लोकेशन पत्ता लगाएर मलाई प्रकाउ गर्नुहुन्छ भन्दै टार्ने गरेको बुबाको भनाई छ ।

श्रीमती रमितालाई घरबाट निकालेर २ बच्चालाई राम्रोसँग पाल्न आग्रह समेत गरेको बुबा दिलबहादुर बताउनुहुन्छ । आफैले छोरासँग मागि बिवाह गरिदिएर बुहारी ल्याएका कारण बरु छोरा त्याग्न सक्छु तर बुहारीलाई घरबाट निकाल्दैन उहाँ बताउनु हुन्छ ।

श्रीमती रमिता आफू र बच्चालाई श्रीमान आएर राम्रोसँग हेरचाह गरिदिए म सौतासँग पनि मिलेर बस्ने बाँचा समेत गर्दछिन् । उनी अपिल गर्छिन् जहाँ भएपनि लिएर आउँनुहोस् । मिलेर बसौँ । म कुनै उजुर बाजुर गर्दिन । बच्चाका लागि म सौता सहन तयार छु ।

सम्बन्धित खबरहरु