काठमाडौं । नेपालमा सोच्नै नसक्ने अपराध भएका हुन थालेका छन् । परिवारका संरक्षकले नै कलिला बालिका निमोठिरहेका छन् । सरकारले बलात्कारीहरुको लागि कठोर सजाय हुने कानून ल्याएपनि समाजमा चेलीहरु भने बलात्कृत हुनबाट वञ्चित हुन सकेका छैनन् ।

महिनावारी हुने समयमा कतिपय किशोरीहरु गोठमा अर्थात घर बाहिर सुत्ने क्रममा सर्पले टोकेर, अत्याधिक चीसोका कारण मृत्युसमेत हुनुका साथै बलात्कृत समेत भएका छन् ।

पछिल्लो समय यस्ता घट्नाहरु थुप्रै घटिरहेका छन् । मोहनल्याल गाउँपालिका सोल्टामा नाताले आफ्नै काका पर्ने पुरुषबाट ११ वर्षीय नाबालिका राति २ बजे २ पटक बलात्कृत भएकी छन् ।

करिब ४० वर्षीय काकाले राति खाटमा सुतिरहेको ठाउँबाट उठाएर केही पर लगेर बलात्कार गरेका हुन् । ११ वर्षीय नाबालिकाको अबस्था निकै नाजुक रहेको स्थानीय बताउँछन् ।

पीडित नाबालिकाका अनुसार दिदि–बहिनी राती सुतिहेको र सो खाटमा काका पनि आएर सुतेको थियो । खाटमा सुतिरहेको अवस्थामा मेरो छाति समाउनु भयो, पेट ठुलो बनाइ दिन्छु भन्नु भयो अनि म कराउन थालेपछि मेरो मुख थुनेर सुतिरहेको खाटबाट केही पर लगेर बलात्कार गरे, उनी बताउँछिन् ।

काकालाई प्रहरीले समाएर सोध्पुछ गर्दा मैले यस्तो अनैतिक काम गरेको हैन भन्ने गरेका छन् भने यता बलात्कृत भनिएकी नाबालिकाले भने बलात्कार भएको दावी गरेकी छन् ।

नाबालिकाका आफ्नै हजुरबुबाका अनुसार पहिलो पटक महिनावारी भएका कारण बाहिर सुत्दा सो घट्ना हुन पुगेको बताउँछन् । पीडितका अनुसार बलात्कारी काकालाई कडा कारबाही हुनु पर्ने र आफूलाई न्याय दिलाउन अपिल गरेकी छन् ।

सम्बन्धित खबरहरु