काठमाडौं । नेपालमा अपराध भन्ने वित्तिकै आङ नै जिरिङ्ग हुने खालका हुन थालेका छन् । फिल्ममा समेत देखाउँन नसक्ने शैलीका अति क्रुर अपराधहरु भइरहेका छन् ।

अहिले १८ महिने शिशुलाई घरबाट चोरर बाहिर लगि बलात्कारपछि हत्या गरेको घटनाले स्तव्ध बनाएको छ । पछि फेला परेर अस्पताल भर्ना गरेपछि बालिकाको उपचारको क्रममा नोवेल अस्पतालले मृत घोषणा गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नं. ७ गणेश पुरिकी १८ महिने बालिकालाई बलातकार गरेर हत्या गरिएको आरोपमा २ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरिसकेको छ ।

सुन्दरहरैँचाका २८ वर्षीय मेथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले प्रकाउ गरेको हो । प्रकाउ परेका २ जना दाजुभाई रहेको मोरङ प्रहरीले जनाएको छ ।

मृतक नाबालिका साँझसम्म आमासँग खेलिरहेको ठाउँबाट एकएक हराएकी थिइन् । नाबालिका हराएपछि सोही बालिकाकी आमाले अर्की छोरीलाई खोज्न लगाएपछि साँझ करिब ६ः३० बजे गचिया खोलाको किनारमा रोइ रहेको अवस्थामा फेला पारेकी थिइन ।

नाबालिकाको शरिर निकै नाजुक रहेको थियो । दिदिले आफैले घर लैजान नसक्ने अबस्थामा रहेकाले चिच्याउँदै आमालाई भन्न खाएकी थिइन । त्यसपछि आमा–छोरी भएर लिए पश्चात नजिकैको क्लिनिकमा पुर्याएका थिए । नाबालिकाको दुबै तिर टाउँको सुन्निएको थियो ।

यौनाङ्ग छेद–विच्छेद भएका कारण प्रहरीलाई सम्पर्क गर्नुपर्छ भनेर इलाका प्रहरी बेलबारीलाई जानकारी गराएको केही समयमा नै प्रहरी आएको थियो ।

गचिया खोलामा बालुवा उठाउँदै हिड्ने हत्यारा ती दाजुभाई गाँजा खाएको केही समयमा खेल्दै गरेकी नाबालिकालाई लिएर बलात्कार गरेका थिए ।

सम्बन्धित खबरहरु