काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपलिका वडा नं. ५ मा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । उनले छोरा र छोरीकोपनि हत्या गर्न खोज्दै गर्दा छोरीले छरछिमेकीलाई बोलाएका कारण हत्या हुनबाट जोगिएका छन् । छोरी भने घाइते अवस्थामा अस्पतालमा रहेकी छन् ।

अचानक श्रीमानले फोन गरेर गोप्य कुरा छ एकान्तमा जाउँ भनी बोलाए । स्थानीय दिदि नजिकै बसेर सुनिरहँदा पनि श्रीमतीले कोही छैन भन्नु के कुरा हो भनिन् ।

म अहिले फोन गर्छु भन्दै श्रीमानले फोन काटेको स्थानीय दिदि बताउनुहुन्छ । उहाँका अनुसारपछि फेरी गरेर के गोप्य कुरा रहेछ भनेर सोधेको थिए तर ती बहिनीले अर्कै कुरा गरेर टार्यो । पछि यस्तो घटना भइसकेपछि मृतककी छोरीले म त्यहाँ घर आउँदै छु कसैलाई पनि खबर नगर्नु भनेर आमासँग भनेको खुलाईन् ।

घाइते बच्चाहरु चिच्याउँदै आएपछि स्थानीयहरु जाँदा हत्यारा फरार भइसकेका थिए । त्यसपछि बहिनी खोज्दा रिवनले घाँटिमा बाँधेको मृत अवस्थामा भेटिएको स्थानीहरु बताउँछन् । स्थानीयका अनुसार हत्यारा अन्य केटीसँग लाग्ने गरेका थिए ।

विवाह भएको यतिका वर्षहरु बित्दा सम्म झगडा समेत नहुँने घरमा आज हत्या हुँदा सोच्नै नसकिने घटना भएको छ र दोषीलाई कडा कारबाही हुनुपर्ने माग स्थानीय राख्दछन् ।

सम्बन्धित खबरहरु