काठमाडौं । भारतको राजधानी दिल्लीमा एक महिलाले क्लब र बारका बाउन्सरमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।

बारमा प्रवेश गर्ने विषयमा विवाद हुँदा आफू र साथीहरूलाई बाउन्सरले धकेलेको दाबी महिलाले गरेकी थिइन् । बाउन्सरहरूले लुगा च्यातेर आफूमाथि दुर्व्यवहार गरेको उनको आरोप थियो । उनले आफूलाई बलात्कार प्रयास गरेको अभियोग समेत लगाएकी थिइन् ।

दिल्लीको दक्षिण एक्सटेन्सन भाग १ मा रहेको कोड नामको बारमा भएको यो घटनामा प्रहरीले एफआइआर दर्ता समेत गरेको थियो । तर, अहिले यो घटनासँग सम्बन्धित सीसीटीभी फुटेज सार्वजनिक भएको छ, जसमा ती महिलालाई हल्ला मच्चाइरहेको अवस्थामा देखिन्छ ।

उनी बाउन्सरहरूसँग रिसाउँछिन्, टेबल पनि फ्याँकेको भिडियो बाहिर आएको छ । उनको हिँडडुल गर्ने तरिकाले उनले मादक पदार्थ सेवन गरेको देखाउँछ ।

उक्त भिडियोबारे महिलाले अहिलेसम्म कुनै प्रतिक्रिया दिएकी छैनन् । प्रहरीका अनुसार १८ सेप्टेम्बरका दिन राति करिब २स्१४ बजे घटना भएको थियो, जब महिलाको फोन प्रहरीकहाँ आएको थियो ।

प्रहरी घटनास्थल पुग्दा महिलाको लुगा च्यातिएको थियो । महिलाले दुई बाउन्सर र बारका म्यानेजरले आफ्नो लुगा च्यातेको दाबी गरेकी थिइन् । ती महिलाले प्रहरीसँग आफूमाथि कुटपिट गरिएको र अनुचित ढंगले छोएको पनि भनेकी थिइन् ।

त्यसपछि महिलालाई उपचारका लागि एम्सको ट्रमा सेन्टरमा लगियो । प्रहरीले अहिले उक्त घटनाको अनुसन्धानका लागि सीसीटीभी क्यामेराको फुटेज जाँच गरिरहेको छ । साथै, हाल फरार रहेका बाउन्सरहरुको पनि खोजी हुँदैछ ।

प्रहरीका अनुसार यसअघि सन् २०१९ मा कोड बारमा निरीक्षणका लागि पुगेका अन्तस्शुल्क विभागका अधिकारीमाथि नराम्रो व्यवहार गरिएको थियो । बारका मालिक, उनका छोरा र कर्मचारीले कैयौँ घण्टासम्म अधिकारीहरुलाई बन्दी बनाएर राखेका थिए । त्यसपछि कुटपिट पनि गरियो । त्यस सम्बन्धमा सबै विरुद्ध मुद्दा दर्ता भएको थियो ।

दिल्लीको छेउमा रहेको गुरुग्राममा ७ र ८ अगस्टको मध्यरातमा कासा डान्जा क्लब बाहिर केही बाउन्सरहरूले केटीलाई कुटपिट गरेका थिए । युवतीका साथीहरूले विरोध गरेपछि बाउन्सरले सबैलाई सडकमा लगेर लाठीले कुटपिट गरेका हुन् ।

नोएडामा अस्पतालका बाउन्सरले युवकमाथि सरियाले आक्रमण गरेका थिए । सो घटनाको सीसीटीभी फुटेज बाहिर आयो । भिडियोमा एउटा कारको छेउमा दुई युवक रोकिएको देख्न सकिन्छ । एक युवक बाटोमा उभिएर फोनमा कुरा गर्न थाल्छन् । केही बेरपछि बाउन्सर हातमा सरिया लिएर आउँछन् र ढाडमा प्रहार गर्छन् ।

 

सम्बन्धित खबरहरु