काठमाडौं । गाई, भैंसी, बाख्रा, ऊँट, सोया, बदाम, नरिवलको दूधको चर्चा अब पुरानो भइसकेको छ । अहिले बजारमा नयाँ कुरा आएको छ । साङ्लाको दूध, अच्चम मान्नुपर्दैन, तपाईंले सही पढ्नुभयो ।

काक्रोच मिल्क अर्थात साङ्लाको दूध वर्तमान समयमा धेरै चर्चामा छ । यो कुरा भारतका एक वैज्ञानिकले पत्ता लगाएका हुन् । रोचक कुरा के छ भने गाई र भैंसीको दुध भन्दा साङ्लाको दुध बढी फाइदाजनक हुन्छ ।

प्रोटिनको मात्रा होस् वा राम्रो फ्याटको कुरा किन नहोस्, सबै हिसाबले साङ्लाको दुध अगाडि छ । साथै यो ल्याक्टोज मुक्त हुन्छ । ल्याक्टोज भएका व्यक्तिहरूको लागि धेरै लाभदायक साबित हुन सक्छ । ल्याक्टोज इन्टोलरेन्ट भनेको दुध वा दुग्धजन्य पदार्थ पचाउन समस्या हुने मानिसहरु हुन् । साङ्लाको दुधले पेट फुल्ने समस्याबाट छुटकारा दिलाउनुका साथै पचाउनमा कुनै समस्या हुँदैन । यो आगामी दिनमा उत्कृष्ट सुपरफुड साबित हुने बताइएको छ ।

के साङ्लाका सबै प्रजातिहरूले दूध दिन्छन् ?
इन्डियन रिसर्च इन्स्टिच्युट फर स्टेम सेल बायोलोजी एण्ड रिजेनेरेटिभ मेडिसिनका वैज्ञानिक सुब्रमण्यम रामश्वमाईका अनुसार प्यासिफिक बीटल नामको साङ्लाको प्रजाति अमेरिकाको हवाई टापुजस्ता ठाउँमा पाइन्छ ।

विज्ञानको भाषामा यसलाई ‘डिप्लोप्टेरा पन्क्टटा’ भनिन्छ । अन्य प्रजातिहरू जस्तै, तिनीहरूले अण्डा दिदैँनन्, बच्चालाई जन्म दिन्छन् । तीनीहरू आफ्ना बच्चाहरूलाई दूध पिलाउँछन् ।

जानकारी अनुसार यस प्रजातिका बच्चाहरू सधैं जवान हुन्छन् । उनीहरूको जवानीको रहस्य आमाको दूध हो, जुन गाईको दूध भन्दा धेरै गुणा बढी पोषक हुन्छ । अर्को रिपोर्ट अनुसार १०० ग्राम दूध निकाल्न करिब एक हजार साङ्ला चाहिन्छ । केही दिनपछि साङ्लाको दुध चक्कीका रूपमा पनि बजारमा आउने विश्वास गरिन्छ ।

साङ्लाको दूध किन यति धेरै चर्चामा छ ?
वासिङ्टन पोस्टलाई दिएको अन्तर्वार्तामा सुब्रमण्यम रामश्वमाईले यो दुध कसैलाई पनि मन नपर्ने बताए । तर पनि यसको फाइदा अद्भुत भएकाले यसलाई तयार पार्न लागिएको हो ।

विस्तारै, सेवन गर्दा मानिसलाई लामो समयसम्म फाइदा हुन्छ, कुनै साइड इफेक्ट पनि नहुने उनको दाबी छ । यसले मानिसको लागि जीवन बचाउन जडीबुटीको रूपमा काम गर्ने कुरामा उनी विश्वास गर्छन् ।

यस बाहेक यसमा प्रोटिन, फ्याट र चिनी मिलेर बनेको प्रोटिन क्रिस्टल नामक धातु रहेको अनुसन्धानकर्ता डा. सञ्चारी बनर्जी बताउँछन् । इन्टरनेशनल युनियन अफ क्रिस्टालोग्राफीको अनुसन्धानका अनुसार साङ्लाको दूधमा भैंसीको दूधभन्दा तीन गुणा बढी ऊर्जा हुन्छ, त्यसमा राम्रो मात्रामा एमिनो एसिड पनि पाइन्छ ।

साङ्लालाई लिएर यो पहिलो पटक चर्चा भइरहेको छैन् । यसअघि पनि त्यसको पौष्टिक तत्वलाई लिएर साङ्लो चर्चामा आइसकेको थियो । केही समय अघि अक्सफोर्ड विश्वविद्यालयले एक अनुसन्धानमा रातो मासु भन्दा साङ्लो खानु बढी फाइदाजनक हुने दाबी गरेको थियो ।

साङ्लाको दूध कहाँ पाइन्छ ?
दक्षिण अफ्रिकामा गुर्मे ग्रुब नामक कम्पनीले दूध बनाउन थालेको छ । उक्त दाबी अनुसार तिनीहरू पिनट (बदाम) बटर, चकलेट र चिया जस्तै स्वादिलो हुन्छन् ।

यो साङ्लोको दूधमा राम्रो मात्रामा प्रोटिन पाइने र फ्याटको मात्रा अद्भुत रहेको उनीहरु बताउँछन् । वैज्ञानिकहरूले चाँडै यसलाई प्रोटिन सप्लिमेन्ट (विकल्पक) को रूपमा प्रयोग गर्न सकिने आशा पनि व्यक्त गरेका छन्।

 

सम्बन्धित खबरहरु