काठमाडौं । सोच्नै नसक्ने घटना नेपालमा भइरहेका छन् । पवर्त जिल्लाको कुशमा नगपालिकामा आफ्नै बुहारीलाई ससुराले जबरजस्ती बलात्कार गरेका छन् ।

परिवारको आर्थिक अवस्था निकै कमजोर भएका कारण केही पैसा कमाउन भनी श्रीमान श्रीमती विवाह गरेपछि भारत गएका थिए । ती छोरा बुहारीसँगै ससुरा पनि गएका थिए । भारत गएको ६ महिनासम्म ससुराले राम्रै व्यवहार देखाउँछन् । जब ६ महिना कटिसकेपछि बेलुका सधै बुहारी भएको कोठामा लागूपदार्थ सेवन गरेर आउँने गर्दर्थे ।

छोरासँगै कोठामा बसिरहेको अवस्थामापनि ससुरा आएर किचेनमा खाना पकाउन लागेको अवस्थामा अंग–अंगमा हात लगाउने गरेको बुहारी बताउँछिन् । उनका अनुसार एक पटक छोराले नजर लगाएको देख्दा पनि नदेखे जस्तो गर्ने गरेको बताउँछिन् ।

जब भारतमा बुहारीले राम्रोसँग सम्झाए पश्चात २ वर्षसम्म पुन त्यस्तो गल्ती ससुराले दोहोराउँदैनन् तर नेपाल फर्कीए पश्चात घरमा टिभी बिग्रिएका कारण श्रीमान अर्कैको घरमा टिभी हेर्न जाँने गरेका थिए । त्यही मौकामा ससुराले लागूपदार्थ सेवन गरेर राति आएर अंगमा समाउने गरेको पीडित बुहारी बताउँछिन् ।

यस्ता अनैतिक कामहरु भइरहँदा घरमा कुनै पनि सदस्यले कुरा नसुने पश्चात बुहारी अन्ततः सहयोगका लागि मिडियामा रुदै आएकी छिन् ।

भारतमा पटक–पटक प्रयास गरेता पनि बलात्कार नगरेको तर नेपाल आएको केही समयपछि श्रीमान टिभी हेर्ने गएको समयमा सुतिरहेको अवस्थामा ससुरा आएर जबरजस्ती बलात्कार गरेको र आफू चिच्याउँदा मुख थुनेको पीडित बुहारी बताउँछिन् । उनले म माथि अन्याय भएको छ तसर्थ मैले न्याय पाउँ भन्दै अपिल गरेकी छिन् ।

 

सम्बन्धित खबरहरु