काठमाडौं । केही युट्युब च्यानलहरूले चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहको नक्कली एमएमएस लीक भएको भन्दै भिडियो बनाइरहेका छन् । अक्षरा रोइरहेको पुरानो भाइरल भिडियोलाई एमएमएस भनेर क्याप्सन दिएर भाइरल गराइएको हो ।

अभिनेत्रीलाई बदनाम गर्न बनाइएका ती भिडियो निकै भाइरल हुँदैछन् । यससँगै केही न्युज पोर्टलले अक्षरा सिंहको एमएमएस लीक भएको भन्ने समाचार पनि बनाए, जुन पूर्णतया गलत हो ।

अक्षरा सिंहका प्रवक्ता रञ्जन सिन्हा अक्षरा सिंहको बढ्दो लोकप्रियता देखेर बदनाम गर्न षड्यन्त्र भएको बताउँछन् । रञ्जन सिन्हाले यस सम्बन्धमा एक प्रेस विज्ञप्ति जारी गर्दै अक्षराले आफ्नो कडा मेहनत र लगनशीलताले पछिल्लो ठूलो सफलता हासिल गरेको बताए ।

उनले भने, ‘यही कारणले षडयन्त्रको रुपमा उनलाई बदनाम गर्ने प्रयास गरिएको हो । सामाजिक सञ्जालमा अक्षरा सिंहको कुनै एमएमएस छैन ।’ रञ्जन सिन्हाले अक्षराको भिडियोलाई पनि अस्वीकार गरे, जसमा उनी रोइरहेकी थिइन् । रञ्जन सिन्हाले सामाजिक सञ्जालमा रोएको अक्षरा सिंहको भाइरल भिडियो निकै पुरानो भएको भन्दै यसलाई नक्कली एमएमएससँग जोडेर भाइरल गराइएको आरोप लगाएका छन् ।

अक्षरा सिंहलाई बदनाम गर्न यस्तो षड्यन्त्र रचिएको उनको बुझाई रहेको छ । बदनाम गरेर कसैको पनि भविष्य ध्वस्त पार्ने चलन चलचित्र क्षेत्रमा रहेको भन्दै उनले यसपटक अक्षरा सिंह सिकार बनेको बताए ।

अक्षरा सिंहलाई आज कुनै पहिचानको आवश्यकता नरहेको उनको दाबी रहेको छ । उनले प्रतिभाको बलमा आफ्नो क्षमता प्रमाणित गरेकी छिन् । रञ्जनका अनुसार अक्षराको अभिनयसँगै आवाज पनि धेरैलाई मनपर्छ ।

अक्षरा आफ्नो काममा व्यस्त छिन् । रञ्जन सिन्हाले कुनै पनि अनुसन्धान नगरी झुटा समाचार र भिडियोलाई प्रसारण नगर्न सञ्चारमाध्यमलाई अनुरोध गरेका छन् ।

 

सम्बन्धित खबरहरु