काठमाडौं । दक्षिण भारतकी चर्चित अभिनेत्री सामन्था रुथ प्रभु यतिबेला चर्चामा छिन् । वास्तवमा उनी पछिल्लो १६ दिनदेखि दुनियाँको नजरबाट टाढा छिन् । कसैले उनलाई छालाको रोग लागेको बताइरहेका छन् भने अर्का थरीले सोही रोगको उपचारका लागि उनी विदेश गएको बताइरहेका छन् ।

डाक्टरले उनलाई भीडमा जान निषेध गरेपछि अभिनेता विजय देवरकोंडासँगको आगामी फिल्म ‘खुशी’ को सुटिङ पनि रोक्नु परेको छ । यी सबै खबरका बीच हालै अभिनेत्रीका प्रवत्ताले यी सबै खबर हल्लामा आधारित भएको बयान दिए ।

तर यसबीच उनलाई लिएर अब अर्को एउटा खबर बाहिर आएको छ, जसले सामन्थाका फ्यानलाई पक्कै खुसी बनाउनेछ । जानकारी अनुसार सामन्था रुथ प्रभु हाल अमेरिकामा छिन् । उनी आगामी प्रोजेक्ट (काम) ‘सिटाडेल’ का लागि त्यहाँ गएकी हुन् ।

उनी निकट स्रोतले भन्यो, ‘सामन्था अमेरिकाको सिटाडेलको लागि उनको क्यारेक्टरमा प्रवेश गर्ने काम गर्दैछिन् । सिटाडेलमा आफ्नो भूमिकाका लागि उनी आफूलाई शारीरिक रूपमा तयार गरिरहेकी छिन् । त्यसका लागि उनी निकै कडा फिटनेस र जीवनशैली अपनाइरहेकी छिन् ।

उनले मनोरञ्जन क्षेत्रमा काम गर्ने प्रख्यात विज्ञसँग एक्सनको तालिम लिदैँ छिन् ।’ तपाईंलाई जानकारी गराउ कि ‘सिटाडेल’ साइ–फाई श्रृंखला (सिरिज) ‘सिटाडेल’ को स्पिन–अफ हो । भारतीय स्पिन अफ राज र डीकेले निर्माण गर्दैछन् ।

यो रुसो ब्रदर्सद्वारा निर्देशित प्रियंका चोपडा र रिचर्ड म्याडेन अभिनीत एक ठूलो बजेटको साइ–फाई श्रृंखला हो । सामन्था रुथ प्रभु अभिनेता वरुण धवनसँग ‘सिटाडेल’ मा देखिनेछिन् । उनीहरू पहिलो पटक ठूलो पर्दामा सँगै काम गर्दैछन्, जसकारण फ्यानहरु निकै उत्साहित छन् ।

यसअघि सामन्था हिन्दी वेब सिरिज ‘द फ्यामिली म्यान २’ मा देखिएकी थिइन् । त्यसमा अभिनेता मनोज बाजपेयी मुख्य भूमिकामा थिए । यो शो धेरैलाई मन पर्यो । अहिले फ्यानहरु ‘द फ्यामिली म्यान ३’ को पर्खाइमा छन् । सामन्था, अभिनेता अल्लु अर्जुनको फिल्म ‘पुष्पा’को आइटम गीत ‘उँ अन्टावा’ मा देखिएपछि हिन्दी भाषी क्षेत्रमा पनि थप लोकप्रिय भइन् ।

सोही कारणले गर्दा उनले बलिउडमा डेब्यु गर्ने कुरा पनि निकै चर्चामा रहेको छ । आउँदा दिनमा सामन्था रुथ प्रभुलाई ‘सिटाडेल’ बाहेक शाकुन्तलममा पनि देख्न पाइनेछ । हालै यसको टिजर रिलिज भएको छ । यसमा देव मोहन मुख्य भूमिकामा छन् ।

फिल्म ४ नोभेम्बर २०२२ मा हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नड भाषाहरूमा विश्वव्यापी रूपमा प्रदर्शन हुनेछ । सामन्था पछिल्लो पटक करण जोहरको च्याट शो कफी विथ करण ७ मा देखिएकी थिइन् । उनले अक्षय कुमारसँग सोफा सेयर गरेकी हुन् । शोमा उनले आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि धेरै कुरा खुलाइन् ।

 

सम्बन्धित खबरहरु