काठमाडौं । बाँके जिल्ला घर भएका हर्क बहादुर ओली ठगिएका छन् । प्रहरीका अवकासप्राप्त हर्क पेन्सनबाट आउँने पैसाले घर धान्न गाह्रो भएपछि भिजिट भिषामा विदेश जान चाहान्थे । उनले नजिकैका साथि मानसिंह केसीकोमा बुझ्न गएका थिए ।

मानसिंहले राम्रै हुन्छ ग्रीस जाँउ भनेपछि उनी ग्रीस जाँने निर्णयमा पुग्छन् । त्यसको लागि पहिलो पटक ५० हजार पठाइ दिनुपर्ने मानसिंहले बताए पछि उनले ५० हजार पठाउँछन् ।

यही क्रम्मा केशव बहादुर शाहीले ग्रीसमा राम्रै तलब हुन्छ त्यसको लागि जान मात्र १० लाख खर्च लाग्छ भनिसकेपछि हर्क सो रकममा ५ लाख नेपालमा तिर्ने र ५ लाख पुगेर काम लागिसकेको १५ दिनमा दिने निर्णयमा पुग्छन् ।

करिब महिनाको १ लाख २० हजार तलब हुन्छ भनेका केशवले भिजिट भिषामा दुबाइ पुर्याउँछन् त्यसपछि हर्क गएको केही समय पछि भिजिट भिषाको म्याद सकिन्छ र उनी घरबाट पैसा मगाएर घर फर्किन बाध्य हुन्छन् ।

नेपाल आएपछि केशवलाई पक्राउ गरेपछि उनले चेक दिन्छन् तर चेकबाट पैसा निस्किदैन । पुनः केशवलाई खोज्दा उनी फरार भएपछि प्रहरीमा उजुरी दिन पुग्छन् । तर प्रहरीबाट कुनै सुनुवाई नभएपछि सहयोगको लागि हर्क मिडियामा आएका छन् ।

करिब दुबाइमा ३५ दिन बसेर फर्किएका हर्कका अनुसार एयरपोर्टमा सबै काम सेटिङमा हुने बताउँछन् । १० लाख हिनामिना गरेर फरार भएका केशवलाई प्रकाउ गर्न पीडित हर्कले अपिल गरेका छन् ।

सम्बन्धित खबरहरु