
काठमाडौं । केही समय अगाडि सामाजिक सञ्जालमा अद्भूत कलाको डेमो देखाएर चर्चामा आएका विजय शाही अहिले रुदै मिडियामा आएका छन् ।
विजयका अनुसार मैले युबट्युब, टेलिभिजन लगाएत थुप्रै माध्यमबाट डेमो देखाउँदै आए तर उक्त डेमो नेपालीलाई पचेन, पत्याउनु पनि भएन त्यसकारण धेरै विवादमा फसे ।
मलाई मर्यो समेत भनेर हल्ला गरियो । धेरै मजाकको पात्र नेपालीहरुले बनाउनुभयो । ९–१० करोड विजयले कमायो पनि भन्नु भयो र फोटो बनाएर सामाजिक सञ्जालमा मलाई मृत घोषित गरिदिनुभयो । थुप्रै गतिविधिहरु गर्नु भयो मेरो कसैले वास्तविकता बुझ्नु भएन त्यसले गर्दा मेरो आमा डिप्रेशनमा समेत जानुभयो । मपनि अत्यन्तै कठिन समयमा गुज्रिए । अब कसैलाई डेमो नदेखाउने बाचा गर्दछु उनले भनेका छन् ।
आमाले नै छोरा डेमो नदेखाउँ यदि तिमीले किताबको डेमो देखायौँ भने मेरो डिप्रेशनले गर्दा मृत्यु समेत हुन सक्छ भने पछि मेरो क्षमता आमाको लागि भएपनि कसैलाई नदेखाउने स्पष्ट पार्न चाहान्छु उनले भने । आफूमा भएको क्षमता देखाउँन नपाउँदा दुःख लागेता पनि आमाको लागि यस्ता थुप्रै क्षमता पनि त्याग्न सक्ने उनको भनाइ रहेको छ ।
यस्तो अवस्था आउनुको कारण आफ्नो क्षमतालाई कसैले नपत्याउनु रहेको शाही बताउँछन् । अब आउँदो जीवन आफ्नै तरिकाले बाँँच्ने विजयले बताएका छन् ।