काठमाडौं । वैदेशिक रोजगारमा गएका श्रीमान विकास तामाङ एकाएक जहाजबाट गायब भएका छन् । परिवारको खुशीका लागि धन कमाउन भनि विदेश गएका श्रीमानले केही समयको बसाइ पश्चात कतारको राति २ बजे फलाइट छ मलाई काठमाडौं एयरपोर्टमा बिहान ७ बजे लिन आउँ भनेका थिए ।

श्रीमती मिना बिकलाई लिन विमानस्थलमा नै बोलाएका थिए । काठामाडौं कोठा लिएर बस्दै आएकी मिना बिहानै ६ बजे एयरपोर्टमा लिन पुगिन् तर दिउँसो १ बजेसम्म फर्किएनन् । त्यसपछि मिना रुदै कराउँदै आफ्ना समस्याको समाधान हुन्छकी भनेर मिडियामा आएकी छन् । कतारबाट २ बजेको टिकट छ भनी बताएका श्रीमान विकासले भिडियो कलमा सबै प्याक गरिएका समानहरु देखाएका थिए ।

जेठी श्रीमतीको मृत्युपछि कान्छि मिना ल्याएका ती विकासले कतार गएपछि वास्ता नगरेपछि श्रीमतीका माइतीले फोन नगर त्यसलाई बिर्सिनु भन्दा पनि आफूले माया गरिरहेको मिना बताउँछिन् ।

केही समयपछि श्रीमानसँग राम्रै सम्बन्ध रहेको तर केही समय यता पैसा पठाउँनु भन्दा श्रीमतीलाई भित्री अंग देखाउन लगाउने अनि मात्र १० हजार देखि १५ हजारसम्म पठाइ दिने गर्दथे । उनले भनिन् भित्री अंग देखाउँन मानेन भने पैसा आउँदैन थियो । भिडियोमा देखाएपछि मात्र पठाइदिन्थे ।

फोनबाट सम्पर्क गरेर माया बसेकी एकजना महिलासँग फोन सम्पर्क भइरहने र पैसा पनि उनीलाई नै पठाइदिने गरेको मिना बताउँछिन् । उनका अनुसार विकास लामालाई कुन महिलासँग हुनुहुन्छ ? कहाँ हुनुहुन्छ सम्पर्कमा आउँन अनुरोध गरेकी छन् । उनले नेपाल आएर त्यही केटीसँग गएको र आफूलाई धोका दिएको शंका गरेकी छिन् ।

 

सम्बन्धित खबरहरु