काठमाडौं । नेपालमापनि फिल्मी शैलीका अपराध भइरहेका छन् । बाँके कोहलपुर नगरपालिका २ घर भएकी २१ वर्षीय सपना मल्लले आफ्नै श्रीमानको हत्या गरेर जापान जाँन लागेको अवस्थामा प्रहरीले प्रकाउ गरेको छ । वैदेशिक अध्ययन गर्नका लागि जापानको टोकियोसम्मको टिकट लिएर बसिरहेको समयमा प्रहरीले सुचना पाएपछि एयरपोर्ट पुगेको थियो ।

प्रहरीले सपनालाई चेकजाँच गर्दा उनले कुनै अपराधमा आफू संलग्न नभएको दावी गरिन् । तर एक प्रहरीले मृतक सर्जन बिकको विवाह दर्ता देखाएपछि सपना अक्कन बक्क पर्दछिन् । त्यस लगत्तै प्रहरीले सपनालाई हत्कडी लगाएर हिरासतमा लिएपछि उक्त घट्नामा संलग ५ जनालाई प्रहरीले हिरासतमा लिएको थियो ।

मृतक सर्जन बिकको परिवारका अनुसार घटना स्थलमा जाँदा घटना प्राकृतिक जस्तो नलागेको, हत्या गरे जस्तो देखिएको बताउँछन् ।

भाइको हत्या, बिवाह र बीमा यी सबै गर्नुको मुख्य नाइके सन्जिव अर्याल रहेको मृतकका दाई बताउँछन् । हत्यारा सन्जिवको समूहले २ करोड ५० लाखबाट आउँने बीमा बापतको रकमको लागि हत्या गरेका थिए । विवाह हुनु भन्दा पहिले विवाह दर्ता बनाएर बीमाको हकदारको रुपमा सपनालाई राखिएको थियो ।

यी हत्यारालाई कानून अनुसार कडा भन्दा कडा कारबाही गर्न मृतक सर्जनका दाईले माग गरेका छन् ।

 

सम्बन्धित खबरहरु