काठमाडौं । तपाईंले बसमा यात्रा गर्दा ‘चिया’, ‘तातो समोस’, ‘बदाम’, ‘पानी’ जस्ता आवाजहरू सुन्नु भएको हुनुपर्छ । बसको यात्रामा केही समयपछि गाडी रोकिएको बेला उनीहरू सामान बेच्नका लागि आइरहेका हुन्छन् ।

केही न केही बेच्नका लागि कोही न कोही केही अवश्य आउँछन् । तर, त्यस्तै एक जना मानिस विमानमा चढेपछि सबै हैरान भएका छन् । रेल र बसहरूमा देखिएको त्यस्तो दृश्य विमानमा देख्ने कल्पना समेत कसैले गरेको हुँदैन् । तर कल्पना गर्नुहोस्, तपाईं विमानमा यात्रा गर्दै हुनुहुन्छ ।

त्यसबीच तपाईंले अचानक ‘पानीको बोतल लिनुहोस्’, ‘एउटा स्याउ लिनुहोस्’ भन्ने आवाज सुन्नुभयो । त्यसबेला तपाईको प्रतिक्रिया के हुन्छ ? सायद यो उडानमा पनि त्यस्तै भयो ।

यतिबेला एउटा भिडियो भाइरल भएको छ, जसमा एक व्यक्ति सामान बेच्दै छन् । तर अचम्मको कुरा के छ भने उनले यी सामानहरू रेल वा बसमा नभई हावामा उडिरहेको विमानभित्रै बेचिरहेका छन् । भाइरल भिडियोमा देखिएका व्यक्ति वास्तविक फेरीवाला होइनन्, उनी विमानभित्र रमाइलो गर्नका लागि आफ्ना परिचितहरूसँग रमाइलो गर्दैथिए ।

विमानमा उनले सामान बेचेको देखेर अन्य यात्रु पनि हाँस्न थाले । आफ्नो अभिनयले मानिसहरूलाई हसाउने यी व्यक्तिको यो भिडियो सामाजिक सञ्जाल प्लेटफर्म बीजे बाला नामको इन्स्टाग्राम खाताबाट शेयर गरिएको थियो । भिडियो हेरेपछि मानिसहरु हाँसिरहेका छन् । लाखौंले हेरेको भिडियोलाई अरुले पनि पोस्ट गरिरहेका छन् ।

 

सम्बन्धित खबरहरु