काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र बुधबार राप्रपामा प्रवेश गर्नुहुने भएको छ । राप्रपाले उहाँलाई वरिष्ठ उपाध्यक्ष पद दिएर पार्टीमा भित्र्याउन लागेको हो । राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार मिश्रसहित केही नेताहरू राप्रपामा आउन बुधबार कार्यक्रम राखिएको छ ।

मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्नु भएको छ, ‘यसबीच संवाद हुन नसकेका कयौँ साथीहरूलाई ममात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो ।

त्यसो होइन । यो वैचारिक ध्रुविकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन् । केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ ।

बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छोड्ने भन्ने त कुरै भएन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’ राप्रपा र मिश्र नेतृत्वको वृहतर ध्रुविकरण पक्षधर बीचको एकता घोषणा कार्यक्रम राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा हुनेछ ।

सम्बन्धित खबरहरु