काठमाडौं । काठमाडौँ । हिन्दुहरुको महान चाड विजया दशमीको अवसरमा दशैं गीतहरु सार्वजनिक हुने गर्दछन् यसै क्रममा गायक प्रभावन जे र गायिका प्रतिमा अर्यालको स्वरमा रहेको दशैं बिसेष गीत सार्वजनिक गरिएको छ ।

दशैँ मान्न परदेश बाट स्वदेश आउन नपाएको पिडा बोकेको 'अर्को साल' बोलको गीतले अहिलेको धेरै नेपालीको बास्तबिक कथा बोकेको छ। साजन पराजुलीको शब्द रचना रहेको गीतमा संगीत प्रभावन जे को रहेको छ ।

एक्सन स्टुडियो नेपालमा रेकर्ड गरिएको गीतमा गोविन्द सोनीको मिक्सिंग र कर्ण सन्ज्यालले रेकर्डिस्टको कार्य गरेका छन् । डिएआर मुभिज एण्ड फिल्मस्ले निर्माण गरेको भिडियोको निर्देशन साजन पराजुलीले गरेका छन् ।

नबिन गिरीले छायाँकन गरेको भिडियोलाइ निर्देशक साजन पराजुलीले नै सम्पादन गरेका छन्। भिडियोमा अनु पराजुली र पुर्सोत्तम सापकोटा फिचर्ड छन्। भिडियो प्रतिमा अर्याल अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

https://www.youtube.com/watch?v=tSkeJLRTku8

सम्बन्धित खबरहरु