काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस’ को अमेरिकी संस्करणमामा नेपाली मुलकी अमेरिकी किशोरी परिजिता बाँस्तोलाले चारै जना जजहरूलाई आफ्नो कुर्सी घुमाउन बाध्य पारेकी छिन् ।

१७ वर्षीय नेपाली–अमेरिकी बाँस्तोलाले तिमोथी लि म्याकेन्जीको चर्चित अंग्रेजी गीत ‘जेलस’ गाएर चारैजना जजलाई मन्त्रमुग्धपार्नुका साथै आफूतिर आकर्षित गर्न सफल भइन् । उनले नेपाली गीत संगीत सुन्ने गरेको भन्दै पहिलो गायकी प्रस्तुति भएको बताइन् ।

शोबाट नेपाली राष्ट्रियता, संस्कृति र संगीतलाई विश्व मञ्चमा पुर्‍याउने पनि उनले बताइन् । उनले चारैजना जजलाई नेपालबाट लगेको रुद्राक्षको माला आफैँ लगाइदिइन् । चारैजना जजले उनको गायकीको प्रशंसा गरेका छन् । साथै, सहकार्य गर्न पाएकोमा गर्व महसुस भएको पनि बताए ।

स्थानीय समयानुसार मङ्गलबार राति एपिसोड आएको थियो । जज क्यामिलाया केबेलोले भनिन्, ‘यो सायद मेरो मनपर्ने गीत थियो जुन अहिलेसम्म कसैले गाएको छ, र तपाईंले गाउने तरिका निपुण थियो । श्वासप्रश्वासलाई नियन्त्रणमा लिंदै तिमीले गीत गाउँदा म प्रभावित भएँ ।’

त्यसपछि केबेलोले अर्का जज जिवेन स्टेफानीलाई भन्छिन्, ‘मलाई लाग्छ कि हामी दुबै एकै समयमा फर्कियौं जब उनले त्यो एउटा अद्भुत नोट छनोट गरिन् ।’ स्टेफानीले गायक प्राकृतिक र धेरै अद्वितीय भन्दै प्रशंसा गरिन् । उनले भनिन्, ‘तपाईं आफ्नो हृदयको सम्पर्कमा हुनुहुन्छ, यो अविश्वसनीय छ ।’

अर्का जज जोन लिजेन्डले पनि सहकार्य गर्न पाउँदा आफूलाई सम्मानित महसुस भएको बताए । बाँस्तोलालाई उत्कृष्ट कलाकारले संज्ञा दिदैँ उनले आफ्नो संस्कृति र त्यसको जरालाई विश्वभर फैलाउन कुरा बताउँछन् ।

शोका अर्का जज ब्लेक सेल्टनले भने, ‘मेरो टोलीमा तपाईं जस्तो अरू कोही छैन । म एक गायन प्रतियोगिता कार्यक्रममा पनि गएको छु ।’ त्यसपछि केबेलोले भनिन्, ‘ब्लेक, तिमी धेरै मूर्ख कुराहरू भन्छौ, यो सबैभन्दा मूर्ख कुरा हो ।’

केबेलो थप भन्छिन्, ‘तिमी पनि केटीको समूहमा थियौ ? अझैं ढिलो भएको छैन, ब्लेक !’ गायिका बाँस्टोलाले जज छनोट गर्नु अघि अडिसनको भिडियो काटिएको छ । तर उनका बुबाले छोरीको मनपर्ने संगीत विधा आर एन्ड बी र सउल भएको भन्दै जज जोन लिजेन्डलाई छान्न सल्लाह दिन्छन् ।

https://twitter.com/NBCTheVoice/status/1574926056573788161

सम्बन्धित खबरहरु