काठमाडौं । रुसमा कोरोना भाइरसबाट एक दिनमा थप ४० हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ४० हजार १७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् । ती मध्ये सबैभन्दा धेरै मस्कोमा देखिएका छन् ।

उनीहरुका अनुसार मस्कोमा मात्रै पछिल्लो एक दिनमा चार हजार ४१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै देशभरी अहिलेसम्म सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या दुई करोड ९० लाख नौ हजार ७३१ पुगेको छ ।

रोग नियन्त्रण तथा व्यवस्थापन निकायले दिएको जानकारी अनुसार कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको सङ्ख्या भने तीन लाख ८७ हजार ५४ पुगेको छ । ती मध्ये १११ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको हो ।

सम्बन्धित खबरहरु