काठमाडौं । दशैंको मुखमा रुटका बस नचलेनपछि यात्रुलाई सास्ती भएको छ । प्रहरीले बढी भाडा असुलेको भन्दै कारबाही गरेपछि यातायात व्यवसायीहरुले बस नचलाएका हुन् ।

प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले आज काठमाडौंदेखि धादिङका लागि बस सञ्चालन गरेका छैनन् । बस नचल्दा यात्रुहरु समेत अलपत्रमा परेका छन् ।

धादिङ जान नपाएका यात्रुहरुको आज बिहानैदेखि बालाजु माछापोखरी क्षेत्रको बसपार्कमा घुइँचो छ । त्यहाँ पनि उल्लेख्य संख्यामा प्रहरीहरु खटाइएको छ ।

सम्बन्धित खबरहरु