काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चियापान कार्यक्रम आयोजना गर्नुभएको छ । काठमाडौं, बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गरिएको हो ।

बिहीबार बिहानको चियापान कार्यक्रममा कोइरालासँगै उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा लगायत सहभागी हुनु भएको छ । यसअघि शेखर कोइराला पक्षधर समूहका नेता कार्यकर्ताले विभिन्न माग राखी पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिएका थिए ।

उहाँहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको माग गर्दै बुधबार दिउँसो एक घण्टा धर्ना दिनुभएको थियो । धर्नामा सो समूहका शीर्ष नेता तथा पदाधिकारी भने पुगेका थिएनन् । तर आजको चियापान कार्यक्रममा भने शीर्ष नेता तथा पदाधिकारी पुग्नु भएको छ ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा पार्टीका तर्फबाट समानुपातिक बन्दसूची तय गर्दा सभापति समन्याय कोइराला पक्षको आरोप छ । कांग्रेस पार्टी कार्यालयले भने सर्वसम्मतिले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाइएको स्पष्ट पारेको छ ।

कांग्रेस केन्द्रीय कार्यालयमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको विधानबमोजिम सम्बन्धित निकायबाट सिफारिस भई केन्द्रमा आएका नामउपर केन्द्रीय संसदीय समितिको बैठकले समानुपातिक उम्मेदवारको नामावली टुङ्गो लगाएको बताउनुभएको थियो ।

सम्बन्धित खबरहरु