prachandaकाठमाडौं, १९ माघ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा परित्याग गर्न आन्दोलनरत ३० दलको बैठकमा प्रस्ताव राखेका छन्। संविधानसभाको प्रश्नावली प्रस्ताव निर्माण समितिले उपसमितिसमेत बनाएर काम सुरु गरिसकेको र त्यहाँ विपक्षी सहभागी नभएको भन्दै आफ्नो अन्तस्करणले संविधानसभा परित्याग गर्न उचित ठानेको तर्क उनले गरे। कान्तिपुर दैनिकमा समाचार छ ।

‘यसो गर्दा जिरो भए पनि हिरो भए पनि जिम् मेवारी लिनुपर्छ, जनतामा जाऊँ’भन्दै दाहालले आइतबार मधेसी मोर्चाको बैठकमा यसबारे थप छलफल अघि बढाउन आग्रहसमेत गरेका थिए।

‘संविधानसभा त्याग्दा हिरो भए पनि जिरो भए नि जनताकै बीचमा हुनु राम्रो हुन्छ’, गठबन्धन कार्यदलका सदस्यसमेत रहेका सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले दाहाललाई उद्धृत गर्दै अन्‍नपूर्णसँग भने, ‘उहाँले अन्तरात्माको कुरा भन्दै संविधानसभा परित्याग गर्ने प्रस्ताव कार्यदलको बैठकमा राख्नुभएको थियो।

मेरो पार्टीमै मैले यो कुरा राखेको छैन तर हामीमाथि धोका भएकाले यो कुरा यहाँ राखेको हुँ, छलफल गरौं भन्नुभयो।’

आफ्नै निवास लाजि पाटमा भएको आन्दोलनका लागि ३० दलीय मोर्चाको कार्यदल बैठकमा दाहालले राखेको यो प्रस्तावबारे दिउँसो थापागाउँस्थित सद्भावना पार्टीको कार्यालयमा भएको मधेसी मोर्चाको बैठकमा छलफल गरिएको थियो।

सम्बन्धित खबरहरु