काठमाडौं । डेङ्गुुको सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका–७ की ४० वर्षीया महिलाको डेङ्गुुका कारण मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार स्थानीय मौलाकालिका पोलिक्लिनिकमा परीक्षणका क्रममा ती महिलामा डेङ्गुु पुष्टि भएको थियो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका सूचना अधिकारी राम केसीले जानकारी दिनुभयो । यसअघि यही असोज २ गते रत्ननगर नगरपालिका–१ का २७ वर्षीय पुरुषको डेङ्गुुका कारण मृत्यु भएको थियो ।

जिल्लामा हालसम्म सात सय ४३ जनामा डेङ्गुु सङ्क्रमण पुष्टि भएको छ । उनीहरुमध्ये चार सय ५९ चितवनका छन् । बाहिरी जिल्लाका एक सय ७५ र ठेगाना नखुलेका एक सय नौ जना रहेका छन् । चार हजार चार सय ४९ जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गुु सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।

गाउँपालिका भवन निर्माणका लागि जग्गा दान
बैतडीको डिलाशैनी गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि स्थानीयले जग्गा दान गरेका छन् ।

गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीका लागि स्थानीयले जमिन दान गरेका डिलाशैनी गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले जानकारी दिनुभयो । गाउँपालिकाको केन्द्र रहेको वडा नं ७ का स्थानीयले प्रशासकीय भवन निर्माणका लागि २० रोपनी, १० शय््याको अस्पताल भवन निर्माणका लागि १० रोपनी र प्रहरीचौकी भवन निर्माणका लागि पाँच रोपनी जग्गादान गरेका हुन् ।

स्थानीय हर्कबहादुर धामी, खडक धामी, वीरे धामी, गगन धामी, प्रेम धामी, रतन धामी, ललुवा धामी, मानसिंह धामी, रामसिंह धामी, डम्मर धामी, मानबहादुर धामी, कालुसिंह धामीलगायत २१ जनाले जमिन दान गरेका हुन् । जमिन दान गर्नेलाई सोमबार गाउँपालिकाका तर्फबाट सम्मानसमेत गरिएको छ । गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशी, उपाध्यक्ष भगीरथ बोहरालगायतको उपस्थितिमा भएको कार्यक्रममा जग्गादातालाई सम्मान गरिएको हो ।

स्थानीयले जमिन दान गरेपछि गाउँपालिकाको प्रशासकीय भवन निर्माण, आधारभूत स्वास्थ्य केन्द्र र प्रहरीचौकीको भवन निर्माण गरिने जनाएको छ । यसअघि यहाँ भवन नहुँदा समस्या भइरहेको थियो । रासस

 

 

सम्बन्धित खबरहरु